• अजय पण्डित

जनकपुरधाम । प्रदेश नम्बर २ मा एक वडाध्यक्षले आफ्नो छोरालाई जागिर नाैकरि नदिएको भन्दै गाउँपालिकामा तालाबन्दी गरेको खुलेको छ ।

धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष राम दुलार मण्डलले आफ्नो छोरालाई गाउँपालिकामा जागिर नदिएको भन्दै तालाबन्दी गरिएको गाउँपालिकाका जनप्रतिनीधि र कर्मचारीले एक प्रेस विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ ।

धनौजी गाउँपालिकाका अध्यक्ष बद्रीसिँह, उपाध्यक्ष रामवति देवी मण्डल र प्रमुख प्रशासकीय अधिकृत कन्हैया कुमार मिश्रले सँयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दै वडाध्यक्ष मण्डलले आफ्नो छोरालाई जसरी पनि जागिर दिन दबाब दिएको तथा नमानेपछि गाउँपालिकामा तालाबन्दी गरेको आरोप लगाइएको छ ।

बुधबार दिउँसो २ बजे नै वडाध्यक्ष मण्डलले आफ्नो छोरालाई जागिर नदिएपछि दबाब सृजना गर्दै तालाबन्दी गर्दा कार्यालयको नियमित काम कारवाही प्रभावित भएको छ ।

वडाध्यक्ष मण्डलले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्राविधिक सहायक पदमा निकालिएको विज्ञापन अनुसार उनको छोरालाई जसरी पनि हुनुपर्ने अडान राखेको जनाइएको छ । उनको छोरालाई जुनसुकै हालतमा पनि प्राविधक पदमा जागिर दिनुपर्ने भन्दै तालाबन्दी गरेको उल्लेख विज्ञप्तिमा गरिएको छ ।

यसका साथै सोही वडामा स्थित रहेको सरस्वती प्राथमिक विद्यालयमा शिक्षाको दरबन्दी रिक्त नहुँदा हुँदै शिक्षक सरुवाको सहमति प्रदान गरदिन कार्यलाय प्रमुख लगायत कर्मचारीहरुलाई विगत एक महिना देखी दवाब सिर्जना गर्दै आएको जनाइएको छ ।

सो कार्यको लागि कार्यालय प्रमुख मिश्राले रित विपरीत कार्य गर्न आफू असमर्थ रहेको भनेपछि त्यसको प्रतिकारमा कार्यालय प्रमुखलाई अपशब्द तथा गाली गलौच गर्दै कार्यालयमा तालाबन्दी गरेको उल्लेख गरिएको छ ।

विगतदेखि नै विवादित रहेको धनौजी गाउँपालिकाले अझै विवादमा मुछिएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय