जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ एवं संघीय सांसद जुली महतोले अनाथ र बृद्धाका लागि आवश्यक सामाग्री वितरण गरेकी छिन् ।

विहीबार सांसद महतोले जनकपुरधामस्थित जानकी बृद्धाश्रमका बृद्धाहरुका लागि आवश्यक लताकपडा एवं खाद्यान्न वितरण गरेकी छिन् ।

विहीबार साँझ नै कबीर अनाथाश्रमका बालकालिकाका सांसद महतोको सहयोगमा खाद्यान्न, किचेनको सामाग्री तथा दराजहरु मन्त्री श्रेष्ठले प्रदान गरेका छन् ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठको हातबाट उक्त सामाग्री वितरण गरिएको हो ।

उक्त सामाग्री वितरणका क्रममा सांसद महतोले बालबालिका तथा बृद्धबृद्धाहरुका आवश्यक सहयोग प्रदान गरिरहने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय