• वीरगंज पर्सा

पर्सा । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त पर्सा र राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा बिच समायोजन बैठक सम्पन भएको छ।

सो सामायोजन बैठक रामचन्द्र चतुर्वेदी को अध्यक्षता मा भएको कार्यक्रम मा सह अध्यक्ष अन्गद ठाकुर, केन्द्रीय सदस्य सम्भु चौरसिया ले पार्टी समायोजन को बारेमा चर्चा गर्नु साथै देश को अवस्था को बारेमा चर्चा गर्दै अब देश मा मात्र राजा को बिकलप छ भन्दै चर्चा गर्नु भएको थियो।त्यसतै केन्द्रीय सदस्य अर्जुन सिंह ठकुरी,रामबहादुर थापा ,बिसनाथ साह लगायत ले चर्चा गर्नु भएको थियो भने सो कार्यक्रम मा प्रभात काब्य यात्रा का अध्यक्ष तथा कबि अरुण बिक्रम शाह ले पार्टी र नेपाल को झण्डा को बारेमा कबिता समेत वाचन गर्नु भएको थियो भने पार्टी का जिल्ला उपाध्यक्षअवध साह तथा पार्टी का नगर अध्यक्ष जलेश्वर सरार्फ लगायत ले पार्टी र राजसंस्था को बारेमा चर्चा गर्नु भएको थियो।

पार्टी को जिल्ला कार्य समिति को आजै को मिती निर्णय भए अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीसंयुक्त पर्सा र राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा बिच एकता भएको घोषणा पार्टी का केन्द्रीय सदस्य सम्भु चौरसिया ले गर्नु भएको थियो। सो कार्यक्रम को सहजिकरण पार्टी का जिल्ला सचिव अजय पौडेल ले गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय