• रबिन्द्र प्रजापति

रौतहट । हत्याका अभियोगीमा बारा जिल्लाको ६ जनालाई जिल्ला अदालतले पुर्वपक्षका लागी जेलचालानको आदेश दिएको छ ।

बारागढी गाँउपालिका–५ सिंघासनीका गोबिन्द साहको हत्याका अभियोगी ६ जनालाई जिल्ला न्यायधिश प्रकाश पंडितको ईजलासले जेलचालानको आदेश दिएको हो ।

पुर्वपक्षका लागी जेलचालान हुनेहरुमा बारागढी गाँउपालिका वडा ५ का हिरालाल साह,नगिना साह, राजिन्द्र साह, सुरेन्द्र साह, कामेश्वर चौधरी र राजन महतो रहेको छ ।
२०७६ जेठ ९ गते रौतहट बाट एउटा जन्ती बारागढी गाँउपालिका वडा ५ सिंघासनी गाँउमा गएको थियो । सोहीराती जन्तीहेर्न गएका गोबिन्द साह भोलीपल्ट गाँउनजिकै बाटोछेउमा मृत अवस्थामा फेला परेका थिए।

प्रतिबादी सबै ६ जना गत कार्तिक २७ गते जिल्ला प्रहरी कार्यालय बारामा हाजिर भएका थिए । हाजिर भएपछी प्रहरीले आवशयक अनुसंधान पछी मिसिल सहीत उनीहरुलाई जिल्ला अदादलतमा कार्वाहीका लागी पेस गरीएको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले जानकारी दिएका छन ।

घटनापछि मृतकका आफन्तले कारागार चालान भएका सबै ६ जनाविरुद्ध कर्तब्य ज्यान मुद्धा दर्ता गरेका थिए । मुद्दापछि आरोपी सबैजना फरार रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय