जनकपुरधाम । प्रदेश २ सरकार धमाधम सिचाँइको योजनाको शिल्यानास गरिरहेका छन् ।
धनुषाको नगराईन नगरपालिकाको फूलगामामा आज मनियारी सिञ्चाई योजनाको शिलान्यास गर्दै यस क्षेत्रका प्रतिनिधीसभा सांसद समेत रहेका नेता महतोले प्रदेश २ सरकार प्रदेशको मेरुदण्ड कृषि र कृषकको हितका लागि सिचाँइ विस्तारमा जोड दिएको भन्दै प्रदेश २ सरकारको यस कदमको सराहना गरेका छन् । प्रदेश २ का अधिकांश जनता कृषिमा निर्भर रहेकाले सिञ्चाईको विकास र विस्तारले हदै सम्म राहत मिल्नेमा महतोको जोड थियो ।

तराई मधेशलाई कृषि क्षेत्रको विकास मार्फत समृद्ध बनाउनका लागि भन्दै प्रदेश २ सरकारले सिञ्चाई क्षेत्रको विकासमा जोड दिएको जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले बताएका छन् ।

महतोसंगै शिल्यानास कार्यक्रममा सहभागि प्रदेश २ का भौतीक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले प्रदेश २ सरकारको खेत खेतमा पानी हात हातमा रोजगार भन्ने नारालाई विभिन्न जिल्लामा नयाँ सिञ्चाई योजनाहरुको शुभारम्भ गरेर सार्थक बनाउने अभियानमा प्रदेश सरकार लागेको बताए । प्रदेश २ का ८५ प्रतिशत जनता कृषि पेशामा लागेकाले खेतमा हरियाली नआएसम्म किसानको अनुहारमा खुशीयाली आउन नसक्ने भएकाले प्रदेश सरकारले सिञ्चाईमा जोड दिईएको उनको तर्क थियो ।

उनले सिञ्चाई, मल, खाद्यको अभावमा किसानहरु पीडित हुदै आएकाले नै प्रदेश सरकारले पानीका साना साना श्रोतहरुको सही व्यवस्थापन गरेर जनताको खेतखेतमा सिञ्चाई सेवा पुर्याउन गरी अगाडी बढेको बताए । कार्यक्रममा प्रदेशसभा सदस्य परमेश्वर साह तथा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले किसानको अनुहारलाई उज्यालो बनाउनका लागि कृषिमा सुधार एवं विकास आवश्यक रहेको बताए ।

कार्यक्रममा जसपाका नेताहरु राजु चौधरी, ज्ञानेन्द्र झ ज्ञानु, मनोज चौधरी सहितका वक्ताहरुले प्रदेश सरकारले कृषि क्षेत्रको विकासका लागि गरेको योगदानको सराहना गरे ।

यस्तो छ योजना लाभ

जलश्रोत तथा सिञ्चाई विकास डिभिजन कार्यालयका प्रमुख सिडिई भगवान झाका अनुसार प्रदेश नंं २ सरकारको जलश्रोत तथा सिञ्चाई विकास डिभिजन कार्यालय जनकपुरको रेखदेखमा १७ करोडको लागतमा दुई वर्षमा समपन्न हुने गरि सो योजना शिल्यानास गरिएको छ ।

सिञ्चाई योजना कार्यान्वयन भएपछि सो क्षेत्रका करिव ५ सय ५० हेक्टर क्षेत्रफलमा बाह्र महिना नै सिञ्चाई सेवा पुग्ने जस्ले २२ सय घरधुरी किसानहरु सहित २२ हजार १ सय जनसंख्यालाई फाइदा पुग्ने सिडिई झाले बताए ।

सिडिई झाले शिल्यानास हुने यस्ता योजनाहरु कार्यान्वयन हुनेमा कुनै शंका नर्गन आग्रह गरेका छन् । उनले भने, ‘कसैलाई शिल्यानास मात्र हुने शंका छ भने एक महिना पछि म संग स्पोटमा हिन्नुस म कामको प्रगती देखाउँछु ।’ सिडिई झाले सांसद महतोले राती १२ बजे पनि फोन गरेर क्षेत्रको योजना र बजेटको विषयमा छलफल गर्ने गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय