जनकपुरधाम । “राज संस्था र धार्मिक स्वतन्त्रता सहितको धर्म सापेक्ष वैदिक सनातन हिन्दु राष्ट्र पुनःस्थापना, अधिकार सम्पन्न बैज्ञानिक संघीय संरचना र जनतान्त्रिक शासन प्रणाली” को बहालीका लागि “राष्ट्रिय नागरिक आन्दोलन-२०७७” को उदघोष गरेका जनतान्त्रिक तराई मुक्ति मोर्चा एवं राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक एवं अध्यक्ष डा. मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) ले आज एक प्रेस वक्तव्य जारी गर्दै झापा बाट अमोद कुमार श्रेष्ठ लाई केन्द्रिय सदस्य र सिरहा जिल्लाबाट कृष्ण देव साहलाई जिल्ला संगठन परिचालन समिति संयोजकमा मनोनीत गरिएको घोषणा गर्नुभएको छ । प्रेस वक्तव्यमा भनिएको छ ।

देशमा विध्यमान सबैखाले बेथिति र अराजकता एवं बाहिरी आक्रमण एवं अतिक्रमणबाट देशलाई जोगाउन एवं राष्ट्रिय स्वाधीनता, एकता, स्वतन्त्रता, पहिचान, गौरव, ईतिहास, धर्म, संस्कृति, परम्परालाई संरक्षण एवं प्रवर्द्धन गर्न “राज संस्था र धार्मिक स्वतन्त्रता सहितको धर्म सापेक्ष वैदिक सनातन हिन्दु राष्ट्र पुनःस्थापना, अधिकार सम्पन्न बैज्ञानिक संघीय संरचना र जनतान्त्रिक शासन प्रणाली” को बहालीका लागि हामीले “राष्ट्रिय नागरिक आन्दोलन-२०७७” को उद्घोष गरिसकेको सर्वविदित नै छ ।

उक्त महान उद्देश एवं लक्ष्यमा हामीले व्यापक जनसमर्थन पनि प्राप्त गर्दै आएको र आम देश-भक्त चेतनशील एवं जिम्मेवार नागरिक अगुवा, राजनीतिकर्मी, समाजसेवी, पेशाकर्मी लगायत आम मुक्ति कामी जनसमुदाय गोलबन्द हुँदै “मुक्ति पथ” मा निरन्तर अगाडि बढी रहेको तथ्य यहाँहरु समक्ष छर्पष्ट नै छ, जसले हाम्रो हौसला, आत्म-बल, आत्मविश्वास लाई झनै उत्साहित गरिरहेको छ ।

यसै क्रममा झापा जिल्ला गौरीगंज वाड नं ३ निवासी श्री राम नारायण श्रेष्ठ ज्युको सु-पुत्र कुशल व्यवसायी, क्रान्तिकारी समाजसेवी, देश-भक्त नागरिक, जनतन्त्र-प्रेमी, मुक्तिवादी “श्री अमोद कुमार श्रेष्ठ ज्यु” लाई “जनतान्त्रिक तराई मुक्ति मोर्चा” एवं “राष्ट्र बचाउ अभियान” को केन्द्रिय सदस्य र सिरहा जिल्ला भगवानपुर गाउँपालिका वाड नं २ बस्ने श्री राम देव साह ज्युको सुपुत्र कुशल व्यवसायी, क्रान्तिकारी समाजसेवी, देश-भक्त नागरिक, जनतन्त्र-प्रेमी, मुक्तिवादी “श्री कृष्ण देव साह ज्यु” लाई “सिरहा जिल्ला संगठन परिचालन समिति संयोजक” मनोनीत गरिएको सबैलाई सहर्ष जानकारी गराउँद छौँ । साथै वहाँहरुको सफल कार्यकालको समेत शुभकामना व्यक्त गर्दछौं ।
जारी मिति :- २०७७/०८/२२ गते सोमबार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय