हाम्रो जनकपुर /धनुषा,जनकपुर । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का कार्यवाहक वडाध्यक्षको जिम्मेवारी सम्हाल्न भारती सिंहलाई जिम्मेवारी दिइएको छ । यसअघि निलम्बनमा परेका वडाध्यक्ष शुभनारायण मण्डलको ठाउँमा सोही वडाकी वडा सदस्य सिंहलाई कार्यवाहक वडाध्यक्षको रुपमा जिम्मेवारी दिइएको बताए ।

सिंहले कार्यवाहक वडाध्यक्ष पदभार जिम्मेवारी आजैदेखि ग्रहण गरेकी छिन् । तत्कालिन एमालेबाट वडाध्यक्षमा निर्वाचित मण्डल अख्तियारको कारवाहीको सिलसिलामा निलम्बनमा परेपछि जनकपुरधाम उपमहानगरपालिकाले वडा सदस्य सिंहलाई कार्यवाहक वडाध्यक्षको रुपमा जिम्मेवारी तोकेको छ ।

पदभार ग्रहण गर्दै कार्यवाहक वडाध्यक्ष सिंहले विगत दुई महिनादेखि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ का वडा जनप्रतिनिधिविहीन भएको अवस्थालाई मध्यनजर गर्दै उपमहानगरपालिकाले आफुलाई दिएको जिम्मेवारी इमान्दारिताका पुर्बक र एक साथ वहन गर्ने दाबी गरेकी हाे । उनले भनिन्‘ । यस १३ नम्बर वडाका जनताहरुको भावना र बुद्धिजिवीहरुको मार्गनिर्देशन अनुसार म साेधपुछ गरेर अगाडि बढनेछु । मलाई सबैको सहयोगको आवश्यकता रहेको बताए ।

वडाका सेवाग्राहीहरुको काम कारवाहीमा सहजीकरणका लागि २०७७ मंसिर १७ गतेको टिप्पणी निर्णय अनुसार गत बिहीबारदेखि नै लागू हुने गरी निलम्बित वडाध्यक्ष मण्डल फुकुवा नभएसम्मका लागि सिंहलाई कार्यवाहक अध्यक्षका रुपमा कार्य सम्पदान गर्न जिम्मेवारी तोकिएको थियो ।

गत असोज १५ गते वडा नं. १३ का कार्यालय सहयोगी दिलिप कुमार पञ्जियारले नागरिकता प्रमाणपत्रको सिफारिस गराइदिए वापत सेवाग्राहीसँग २४ हजार रुपैयाँ घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले उनलाई नियन्त्रण लिएको थियो ।

अनुसन्धानको क्रममा वडाध्यक्ष मण्डल र कार्यालय सहयोगी पञ्जियारको मिलोमतोमा सेवाग्राहीको नागरिकता बनाउन वडाबाट सिफारिस पत्र दिने प्रयोजनको लागि वडाध्यक्षले भनेअनुसार नै पञ्जियारले घुस रकम बार्गेनिङ गरी घुस लिएको तथ्य प्रमाण सहित पुष्टि भएकोले सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले दुवैजनालाई जनही २४ हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय