• रबिन्द्र प्रजापति

रौतहट । रौतहटको कटहरिया नगर क्षेत्र अन्तर्गतको सबै सामुदायिक बिधालय भोली २२ गतेदेखि संचालन हुने भएको छ ।
शुक्रबार बसेको नगर कार्यपालिका बोर्डको निर्णय अनुसार अगामी सोमबार देखि नगरपालिका अन्तर्गतको सबै बिधालय संचालन हुन लागेको हो ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयको निर्देशन बमोजिम मास्कको अनिवार्य प्रयोग , समाजिक दुरि सहित स्वास्थ सुरक्षा अपनाएर बिधालय संचालन गरिने नगर शिक्षा संयोजक अनिल कुमार निधिले जानकारी दिएका छन । कोविड १९ को कारण बन्दरहेका जिल्लाको १८ स्थानीय तहका बिधालय मध्ये कटहरिया संगै १७ तहको संचालन भैसकेको छ । हालसम्म एक स्थानीय तह बृन्दाबन नगरपालिका अन्तर्गतको सामुदायिक बिधालयहरु मात्र संचालनमा आउन नसकेको जिल्ला शिक्षा समन्वय ईकायी प्रमुख रामबिनय सिंहले जानकारी दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय