• राजेन्द्र महतो

लहान । सिरहामा सनराइज युथ युवा सञ्जालले ६ महिना न बितिसक्दा पनि सञ्जालका युवाहरुले रगत अभाव बितिकै फेरि तेश्रो पटकको रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। रगतको अभाव वढेपछि सिरहाको अर्नामा गाउँपालिका वडा नम्बर १ मनहौरमा शनिबार आज एक दिने रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रक्तदान कार्यक्रममा ३१ प्रिन्ट रगत संकलन भएको छ ।

सञ्जालको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी लहान शाखा को प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो। सो रक्तदान कार्यक्रममा २९ जना पुरुष र २ जना महिला गरि ३१ जनाले रक्तदान गरेको सञ्जालकी अध्यक्ष शोभा साहले बताएकी छन् ।

अर्नामा गाउँपालिकाका अध्यक्ष ठक्कु महतोको प्रमुख आतिथ्यमा समपन्न सो रक्तदान कार्यक्रममा आयोजक कार्यसमितिका पदाधिकारीहरु र स्थानीय समाजसेवीहरु सहभागी थिए ।

कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष शोभा साहले अस्पतालहरुमा रगत आभब भैरहेको बेला सहयोगी मनहरुले रक्तदान गरेर निकै प्रशंसनीय काम गरेको बताएकी छिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय