• रबिन्द्र प्रजापति ल

रौतहट । पर्सा जिल्लाको सदरमुकाम वीरगञ्जस्थित नारायणी अस्पतालमा चोरको बिगबिगी बढेको छ । दिनै पिच्छे चोरीका घटना हुन थालेपछि नारायणी अस्पताल परिसर असुरक्षित बन्दै गएको हो ।

विरामी भेट्न जाने आफन्त र कुरुवाका मोबाईल वार्डबाटै चोरी हुने, अस्पताल परिसरबाटै साईकल/मोटरसाईकल चोरी हुनेलगायतका घटनाहरु नारायणी अस्पतालमा मौलाएका छन् ।

अस्पताल परिसरमा जडान गरिएका सिसीटिभी क्यामेराहरुको समयमा मर्मतसम्भार नहुँदा सर्वसाधारणहरुको सामान चोरी गर्नेहरुको पत्ता लगाउन सकिएको छैन ।

निकै संवेदनशिल क्षेत्र मानिएको अस्पताल क्षेत्रका सिसिटिभी क्यामेराहरु जिर्ण हुँदा चोरीका घटनाहरुले प्रश्रय पाएका हुन् ।

गत मंसिर १५ गते अस्पतालको मेडिकल वार्डबाटै सनोज साहको मोबाईल चोरी भयो । ‘वार्डमै थिए । एक जना आए र आफुसँग कुरा गर्न थाले । फोन गर्नुछ भन्दै मोबाईल मागे र मोबाईल लिएर भागे ।’

उनका अनुसार अस्पतालबाट मोबाईल लिएर भाग्नेलाई समाउन सकिएन । केही दिन अघि मात्रै अस्पताल परिसरबाटै प्रहरीको मोटरसाईकल चोरी भएको थियो । सिसिटीभी जाँच गर्दा केही पनि प्रमाण फेला नपरेको प्रहरीको भनाई छ ।

यता अस्पताल परिसरबाट प्रहरीकै मोटरसाईकल चोरी हुनु आफैमा दुर्भाग्यपुर्ण रहेको नारायणी अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्र किशोर लाभले बताए । सर्वसाधारणको सुरक्षामा खटिएका प्रहरीको आफ्नै मोटरसाईकल चोरी हुनु शोभनिय नभएको उनको टिप्पणी छ । अस्पताल परिसरमा प्रहरीको बिट भएपनि चोरीका घटनाहरुले प्रश्रय पाउनु दुखद भएको उनको भनाई छ ।

अस्पताल परिसरमा रहेका सिसिटिभी क्यामेराहरु मर्मत गर्ने कार्य छिट्टै प्रारम्भ हुने उनले भने । उनका अनुसार दयनिय रहेको अस्पतालको अवस्था बिस्तारै सुधारोन्मुख हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय