जनकपुरधाम । मालपोत कार्यालय महोत्तरी कार्यालयकाे प्राङ्गणमा सेवाग्राहीको चारैतीरबिचौलिया तैनाथ भएको छ ।

सेवाग्राही स्वयम् कर्मचारी कहाँ गएर काम गरिदिन घण्टा, दिन हुँदै हप्तौ दिनसम्म हारगुहार गर्दा पनि घुस नदिएसम्म हुँदैन्।

हप्तौसम्म कार्यालय धाउँदा समेत काम नहुने सेवाग्राहीले बिचौलिया (दलाल) को भर परे दिनभरको काम क्षणभरमा हुन्छ ।

अनेकन बहानामा कार्यालय परिसरमा बिचौलियाले सर्वसाधारण ठगेको सोनामा गाउँपालिकाका रामछविला यादव बताउँछन्।

‘जुनसेवाग्राही पैसाको पोको बोकेर आउँछ, उसको काम घण्टा भरमै हुन्छ’, उनले भने, ‘तर पैसा र पहुँच नभएका सेवागा्रहीको हप्तौंसम्म पनि काम नहुने यहाँको नियति छ।’

मालपोतमा सधैँभरी सेवाग्राहीको गुनासो हुन्छ। तर आफ्नो हिसाबले काम गर्दा एक दिनमा एउटा काम हुँदैनन्। गौशाला नगरपालिकाका सेवाग्राही भोला साहले एउटा कामका लागि २\३ दिनदेखि धाए पनि कित्ताकाट गर्न आलटाल गरेको गुनासो गरे। उनलले भने, ‘साधारण भन्दा साधारण काम गर्न पनि बिचौलियाकै भर पर्नुपर्छ, अन्यथा काम नै हुँदैन्।’

दिनभरी अनेकौँ बहाना बनाएर सेवाग्राहीलाई फर्काउने कर्मचारी तोकिएको समय भन्दा बाहिर गएर विचौलियाको काम गर्ने गरेको पाइएको छ। सेवाग्राहीलाई कामबिना रित्तै फर्काउने कर्मचारीले बिचौलियाको सेटिङ्गमा पैसाको तालमेल गरेर रातारात काम गर्छन् ।

मंगलबार साँझ ७ बजे मालपोत कार्यालयमा विचौलिया राखेर काम गरिरहेको तस्बिर कैद गर्दा बिचौलिया मोटरसाइकलमा फरार भए। कर्मचारीसमेत हतारमा कम्युटर बन्द गर्दै भागे ।

विभागीय स्वीकृति बिना कार्यालयको कर्मचारीलाई काम गर्न मानही छ। तर मालपोत कार्यालय महोत्तरीले कोठाभित्र बाहिरका बिचौलिया राखेर काम गरेको पाइएको छ । कामको चाप जतिसुक्कै भए पनि रातको समयमा काम गर्न नमिल्ने र गर्नै परे स्थानीय प्रशासनको अनुमति लिनुपर्ने प्रवधान छ। तर जिल्ला प्रशासनलाई कुनै जानकारी नगराएको प्रमुख जिल्ला अधिकारी कृष्ण कटुवालले स्वीकार गरे ।सभार टुडेपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय