• रबिन्द्र प्रजापति

रौतहट । रौतहटका ८ क्रसर उद्योग बन्द हुने भएका छन ।मापदण्ड पुरा नगरी रौतहटका बिभिन्न स्थानमा सञ्चालित ८ वटा क्रसर उधोग बन्द हुने भएको हो ।

मंगलबार क्रसर उधोगहरुको बिस्तृत अध्ययन तथा अनुगमन समितिको बैठकले मापदण्ड पुरा नगरेका क्रसर उधोग बन्द गर्ने निर्णय गरेको छ ।

ईन्द्रदेब यादबको संयोजकत्वमा बसेको बैठकले प्राबिधिक समितिको प्रतिबेदनको आधारमा श्रीराम जानकी क्रसर उधोग बृन्दाबन नगरपालिका–६, सुमुख क्रसर उधोग फतुवा बिजयपुर नगरपालिका–८, शिबशंकर क्रसर उधोग गरुडा नगरपालिका महमदपुर, संकटमोचन वासिङ्ग उधोग बृन्दाबन नगरपालिका–१, शिबम बालुवा वासिङ्ग उधोग बृन्दाबन नगरपालिका–१, आश्रय अस्फाल्ट एण्ड क्रसर उधोग चन्द्रपुर नगरपालिका–८, रमन÷सगरमाथा जेभि गुजरा नगरपालिका, र श्रेष्ठ धुकुछु मृत संजिबनी जेभि फतुवा बिजयपुर नगरपालिकालाई बन्द गर्ने निर्णय गरिएको बताइएको छ ।

सो समितिको बैठकको निर्णय अनुसार घरेलु तथा साना उधोग कार्यालय वा सम्बन्धित स्थानीय तहमा उधोग दर्ता नभई र अनुमति प्राप्त नगरी सञ्चालन गर्दै आईरहेको क्रसर उधोगलाई तत्काल बन्द गर्ने, घरेलु तथा साना उधोग कार्यालयमा दर्ता भई क्रसर सञ्चालन गर्ने अनुमति प्राप्त गरेको तर आवश्यक मापदण्ड पुरा नगरेका क्रसर उधोगहरुलाई हाललाई बन्द गरी मापदण्ड पुरयाएपछि मात्र संचालन गर्न अनुमति दिने, र राष्ट्रिय गौरबको आयोजना तथा प्राथमिकता प्राप्त योजनाको हकमा आवश्यक क्रसर उधोगहरु सञ्चालन गर्न अनुमति दिने निर्णय भएको जनाइएको छ ।

जसमध्ये श्रीराम जानकी क्रसर उधोग बृन्दाबन नगरपालिका–६, सुमुख क्रसर उधोग फतुवा बिजयपुर नगरपालिका–८, सधैको लागि बन्द हुने भएको छ ।

यस्तै शिबशंकर क्रसर उधोग गरुडा नगरपालिका महमदपुर, संकटमोचन वासिङ्ग उधोग बृन्दाबन नगरपालिका–१, शिबम बालुवा वासिङ्ग उधोग बृन्दाबन नगरपालिका–१ लाई भने मापदण्ड पुरा गरेपछि सञ्चालन गर्ने दिने र अस्फाल्ट एण्ड क्रसर उधोग चन्द्रपुर नगरपालिका–८, रमन÷सगरमाथा जेभि गुजरा नगरपालिका, र श्रेष्ठ धुकुछु मृत संजिबनी जेभि फतुवा बिजयपुर नगरपालिका लाइ भने आबश्यक कागजात पेश गरी अनुमति लिएपछि मात्रै सञ्चालन गर्न दिने निर्णय भएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय