जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउत ले बाराको कलैयामा ५० सैय्याको सरुवा रोग तथा महामारी नियन्त्रण अस्पतालको शिलान्यास गर्नु भएको छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएको योजनामा संघ सरकारले समेत सहयोग गर्ने भए पछि मुख्यमन्त्री राउत सहितको टोलीले बाराको कलैया उपमहानगरपालिका वडा न १६ झिटकैयामा ५० बेडको सरुवा रोग तथा महामारी नियन्त्रण अस्पतालको लागी आज एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन ।

अस्पतालको शिलान्यास गर्नु हुदै मुख्यमन्त्री राउतले प्रादेशिक गौरवको योजनाको रुपमा अघि बढ्ने यस अस्पतालको निर्माणमा सबैको सहयोग आबश्यक रहेको बताउनुभयो ।
जिलला समन्वय समिति बारा का अध्यक्ष नवल किशोर सिहको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रम्मा विशिष्ट अतिथिमा प्रतिनिधि सभा सदस्य रामसहाय यादव,
रामबाबु कुमार यादव, प्रदेश सभा सदस्य पारस प्रसाद साह ,ज्वाला साह , बाच्चा यादव,कलैया उपमहानगरपालिका का प्रमुख राजेश राय यादव सहितको सहभागिता रहेको थियो ।

शिलान्यास कार्यक्रममा कार्यक्रम बारे समाजिक बिकास मन्त्रालय प्रदेश २ का सचीव कृष्ण काप्रीले सहजीकरण गरेका थिए । काप्रीले ७ बिघा जगामा बहुबर्‍षिय योजना मा रहेको यो अस्पतालका लागि अहिले करिब ३२ करोड बजेट संघ सरकारबाट बितिय हस्तान्तरण भएर आउने र समाजिक बिकास मन्त्रालयले बनाउने जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय