• रबिन्द्र प्रजापति

रौतहट । रौतहटमा एकजना व्यक्तिको शव फेला परेको छ । माधवनारायण नगरपालिका–४ बिसुनपुर्वा मानपुरमा ४५ वर्षीय पुरुषको शव फेला परेको हो । गाउघरमा देखाइने नाच प्रोगाममा काम गर्ने माधवनारायण ५ मिठुअवाका ४५ वर्षीय दशै रामको शव फेला परेको प्रहरीले जनाएको छ ।

शवको प्रकृति हेर्दा मुखबाट रगत बगेकोले कुटपिट वा अन्य कारणले मृत्यु भएको हुन सक्ने सम्भावना रहेको प्रहरीको अनुमान छ । घटनास्थललाई घेरा हालेर प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) सिद्धीविक्रम शाहले बताए ।

मृतक रामको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर ल्याउने तथा घटनाका बारेमा थप अनुसन्धान सुरु गरेको एसपी शाहले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय