राजविराज । सप्तरीको दुई छुट्टाछुट्टै ठाउँमा एक जना महिलालाई निर्घात कुटपिट गरि घाइते बनाएका छ्न।

जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा न.-६ बभनगामा कट्टी बस्ने ४५ वर्षिया बुलबुलदेवी यादवलाई उनका देवर र भतिजाले कुटपिट गरेका छन ।कुटपिट बाट यादवको हात भाचिएको छ । देवर राधेश्याम र भतिजो धर्मेन्द्रले बाटोका लागि नम्बरी जग्गा नछाडिएको भन्दै बासको भाटा र फलामे रडले निर्घात कुटपिट गरि घाइते बनाएको पीडित यादवले बताइन् ।

उनको दुबै हात भाचिएको छ भने टाउकोमा ९ वटा टाँक लगाइएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए।
पीडित यादव मजदुरी गरि गुजारा चलाउदै आएकी छिन भने श्रीमान मजदुरीका लागी बाहिर रहेको अवस्थामा देवर र भतिजोले कुटपिट गरेका हुन।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा सप्तरीमा दुई महिलामाथि निर्घात कुटपिट भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका-६ बभनगामा कट्टी बस्ने ४५ वर्षीया बुलबुलदेवी यादवलाई उनका देवर र भतिजाले कुटपिट गरेका छन् ।

कुटपिटबाट यावको हात भाचिएको छ । देवर राधेश्याम र भतले जो धर्मेन्द्रले बाटोका लागि नम्बरी जग्गा नछाडिएको भन्दै बाँसको भाटा र फलामे रडले हिर्काएर बुलबुलदेवीलाई घाइते बनाएका हुन् ।

घटना बारे जानकारी पाउनासाथ प्रहरीले आरोपित पिडकलाइ हिरासतमा लिएको थियो भने अहिले १४ हजार उपचार खर्च पीडित यादवलाइ बुझाउनु परेपछि तारीखमा रिहा भएको जानकारी दिए।

त्यस्तै,विष्णुपुर गाउँपालिका-६ रन्जितपुर बस्ने १५ वर्षीया कल्पना मुखिया छिमेकीबाट कुटिएकी छन् । कुटपिटबाट उनको शरीरभरि निलडाम परेको छ ।

मुखियालाई छिमेकी पुसो मुखिया र सुरज मुखियाले छानामा पराल राख्न नदिएको भन्दै निर्घात कुटपिट गरेका हुन् । आफ्नो घरको छानो कमजोर रहेको भन्दै हटाउन खोज्दा सुरज र पुसोले बाँसको भाटाले निर्घात कुटपिट गरेको पीडित किशोरीका आफन्तले बताएका छन् ।

घाइते दुबै महिलालाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल भर्ना गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय