गलकोट । गलकोटबाट काठमाण्डौं उडेको हेलिकप्टर नुवाकोटमा दुर्घटना भएको छ ।

कैलाश हेलिकप्टर सर्भिसेस्को नाईन एनए जेजे हेलिकप्टर दुर्धटना भएको हो । उडिरहेको हेलिकप्टरमा चिल चरा ठोकिएपछि दुर्घटना भएको गलकोट नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष वीर जंग भण्डारीले जानकारी दिनुभयो ।

उडिरहेको हेलिकप्टरमा चरा ठोकिएपछि बेलकोटगढि गाँउपालिका वडा नम्वर ६ मा आकस्मीक अवतरण गरेको बताईएको छ ।

हेलिकप्टरमा सवार गलकोट नगरपालिका वडा नम्बर ३ का अध्यक्ष भण्डारी सहित गलकोट नगरपालिका वडा नम्बर ३ का सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गिता मल्ल तथा चालकको अवस्था समान्य रहेको बताईएको छ । भण्डारीको हात र खुट्टामा सामान्य चोट लागेको छ ।

हटियाबाट १२ बजेर ५० मिनेटमा उडेको हेलिकप्टर पौने २ बजे दुर्घटना भएको हो । चरा ठोकीदा हेलिकप्टरको अगाडिको सिसा फुटेको छ भने अगाडिको भागमा क्षति पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय