सिरहा ।महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १४ शुभम् बस्तीकी ६ वर्षीय बालिका गुलाबसा खातुनलाई बलात्कारपछि हत्यामा संलग्नलाई कार्वाहीको माँग गर्दै शनिवार युवाहरुले सिरहामा विरोध प्रर्दशन गरेका छन् ।

सनराइज युथ सिरहा समाजको आयोजनामा सयौंको संख्यामा उपस्थित किशोर किशोरी तथा युवाहरुको जुलुशले बलात्कारीलाई कार्वहीको माग गर्दै बजार परिक्रमा गरेको समाजका अध्यक्ष शोभा साहले बताए ।

गत आइतबार घरबाटै हराएकी बालिका मंगलबारमात्र बोरामा कसेर झाडिमा फालेको अवस्थामा फेला परेको थियो ।

उनीहरुले दिनानुदिन बढ्दै गरेको बलात्कार तथा हत्याका घटनामा संलग्नहरुलाई कडा भन्दा कडा सजायको माग गर्दै सहित विभिन्न नारा तथा प्रतिकात्मक फोटोहरु सहित नारा जुलुस सहित बजार परिक्रमा गरेका थियो ।

हत्या तथा बलात्कार संलग्न रहेको आरोपमा प्रहरीले महोत्तरीकै गौशला ५ घर भाई बर्दिवास बस्दै आएका २६ वर्षिय अरुण कुमार साहलाई नियन्त्रणमा लिएको छ ।
साह विरुद्ध प्रहरीले अपहरण, बन्धक, जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दा दर्ता गराएको छ ।

बालीकाको बलात्कारपछि हत्या विरुद्ध प्रदेश नं २ लगायत काठमाडौं अरु अरु प्रदेशमा जिल्लाहरुमा विरोध प्रदर्शनहरु भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय