सप्तरी । प्रदेश नं २ सप्तरी जिल्ला अदालतले खेल्ने क्रममा साढे तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय एक बालकलाई ६ महिना कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलाशले गत कात्तिक २४ गते कसुर ठहर भई सजाय निर्धारणका लागि पेश भएकामा शुक्रबार कैदसजाय तोकिएको अदालतले जनाएको छ ।

खेल्ने क्रममा घरदेखि उत्तर रहेको पोखरीको डिलमा ०७६ भदौ ६ गते आरोपितले बलात्कार गरेको पीडितले बताएपछि थाहा पाएकी उनकी आमाले इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएका थिए ।

इलाका प्रहरी कार्यालयले घटनाको भोलिपल्टै आरोपितलाई पक्राउ गरी उजुरी दर्ता गरेको थियो । जिल्ला अदालतको इजलाशले आरोपित बालकलाई पुर्पक्षका लागि ०७६ भदौ १९ गते बालसुधार गृह वीरगञ्ज पठाउने आदेश गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय