जनकपुरधाम । जानकी मेडिकल कलेज शिक्षण अस्पतालका दुईजना कर्मचारीले झण्डै एक महिना पश्चात आमरण अनशन तोडेका छन् । तीन बुँदे सहमति पश्चात अनशनरत्त कर्मचारीद्वय जानकी शरण यादव र कुल्दिप साहले शनिबार दिउँसो अनशन तोडेका हुन् । दुबैजनलाई जुस खुवाएर अनशन ताेडाइएको छ ।

कलेज प्रशासन र आन्दोलनत्त कर्मचारी हकहित संघर्ष समितिबीच तीन बुँदे सहमति पश्चात अनशन तोड्दै आन्दालनको सम्पूर्ण कार्यक्रम फिर्ता लिएको संघर्ष समितिका संयोजक उमेश यादवले बताए ।

गएको भदौ ३१ गते जिल्ला प्रहरी कार्याय धनुषामा भएको दुईबुँदे सम्झौतादेखि यता कलेज प्रशासनले केहि कर्मचारीमाथि गरिएका सम्पूर्ण कारबाही फिर्ता लिने र कर्मचारीले जारी राखेका सम्पूर्ण आन्दोलन फिर्ता लिने सहमति भएको छ ।

त्यस्तै कलेज प्रशासन र कर्मचारीबीचको समस्या समाधान गर्न दुबै पक्षबाट २–२ जना प्रतिनिधि र धनुषा जिल्लाका स्वास्थ्यकर्मीहरुको अधिकारिक ट्रेड युनियनका अध्याक्षहरु सम्मलिति कार्यदल मंसिर १७ गते भित्र गठन गरी सम्पूर्ण समस्यामाथि छलफल गरी निराकरण गर्ने सहमति भएको हो ।

केहि कर्मचारीमाथि पूर्वाग्रही तरिकाले कलेज प्रशासनले गरेको कारबाही फिर्ता लिनुनुपर्ने, ६ वर्षदेखिको संचय कोष र दशैंभत्ता लगायतको हरहिँसाब दिनुपर्ने लगायतको मागसहित कर्मचारी द्वय यादव र साह गएको कार्तिक १६ गतेदेखि कलेज परिसरमै आमरण अनशन बसेका थिए । १२ औं दिनमा उनीहरुको स्वास्थ्य अवस्था विग्रिएपछि प्रादेशिक अस्पताल जनकपुरको आइसियु कक्षमा भर्ना गरिएको थियो । साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय