जनकपुरधाम । विश्व शान्तिको कामना गर्दै केही वर्ष अघि भारतको मुम्बईमा भएको आतंकी हमलाको विरुद्धमा जनकपुरधाममा युवाले मोटरसाइकल रैली प्रदर्शन गरिएको छ ।सन् २००८ मा भारतको मुम्बईमा भएको आतंकी हमलाको १२ औं वार्षिकीको अवसरमा राष्ट्रिय एकता अभियानको नेतृत्वमा जनकपुरधाममा मोटरसाइकल रैली प्रदर्शन गरेको हो ।
बिहीवार जनक चौकबाट शुरु गरिएको सो मोटरसाइकल रैली जानकी मन्दिर पुगेर कोण सभामा परिणत भई सम्पन्न भएको छ ।सहभागीहरुले मुम्बई आक्रमणको बाह्य सहयोगीलाई कार्वाही गर, पाकिस्तान — आतंकबादको सम्बद्र्धन बन्द गर, विश्व शान्ति कायम गर, निर्दोष हत्याको शृङ्खला बन्द गर, पाकिस्तानमा लुकेका आन्तकवादीलाई कारवाही गर, हिन्दु राष्ट्र नेपाल जिन्दावाद र राष्ट्रिय एकता अभियान जिन्दावाद लगायतका नारा सहित प्लेकार्ड प्रदर्शन गरेका थिए ।
त्यसैगरी सो अवसरमा सप्तरीको राजविराज र सिरहाको लहानमा सो आतंकी हमलाको स्मरण गर्दै त्यस विरुद्ध घटना सम्बन्धी भिडियो समेत प्रदर्शन गरिएको छ ।२६ नोवेम्बर २००८ मा मुम्बईको विभिन्न स्थानमा भएको पाकिस्तानी आतंकी हमलामा डेढ सयभन्दा बढीले ज्यान गुमाएका थिए भने तीन सयभन्दा बढी घाइते भएको थियो ।
आतंकवादीहरुले मुम्बईको पांचतारे होटल ताज लियोपेड क्याफेलाई बन्धक बनाएर हमला गर्नुका साथै सिएसटी रेलवे स्टेशन, नरिमन हाउस, मेट्रो सिनेमा हल सहित १२ ठाउँलाई निशाना बनाएर हमला गरेको थियो ।भारतको इतिहासमा यो सबैभन्दा ठूलो आतंकी हमला थियो । हमलाकारी मध्ये ९ जनाको मुठभेडकै क्रममा मृत्यु भएको थियो भने पक्राउ परेका एकमात्र हमलाकारी पाकिस्तानी नागरिक आमिर अजमल कसाबलाई २०१२ मा फाँसी दिइएको थियो ।
फाँसीको सजाय हुनअघि अजमलले पाकिस्तानमा केन्द्रीय कार्यालय रहेको अतिवादी इस्लामिक संगठन लस्कर–ई–तोइबाले यस आक्रमण गराएको खुलासा गरेका थिए । हमलामा मारिएका आतंकीहरु सो संगठनकै सदस्य रहेको भन्ने खुलासा समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय