महोत्तरी । महोत्तरी जिल्लाको बर्दिबासमा बलात्कारपछि हत्या भएकी बालिका र प्रहरीको गोली लागि मृत्यु भएका सञ्जय न्यौपानेको परिवारलाई बर्दिबास नगरपालिकाले जनही २ लाख ५० हजार र रोजगारी दिने घोषणा गरेको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै नगरप्रमुख कार्कीले बर्दिबासमा बालिका हत्या र त्यसपछिका सबै घटनाको न्यायिक छानबिन, दुवै मृतक परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको नि:शुल्क उपचार र प्रहरीको गोली लागि ज्यान गुमाएका न्यौपानेलाई शहिद घोषणा गर्न नेपाल सरकारसमक्ष माग बताए ।

बर्दिबासको यो दुःखद घटनामा आवेग र आक्रोशमा नभइ विवेक र धैर्यतापूर्वक न्यायका लागि खबरदारी गर्न नगरबासी र सम्बद्ध पक्षसँग नगरप्रमुख कार्कीले अपिल समेत गरे ।

गत आइतबार बेपत्ता भएर सोमबार मध्यरातमा मृत फेला परेकी बर्दिबास – १४ की गुलब शाह खातुन र मंगलबारको दिन एकजना प्रदर्शनकारी लाई प्रहरीको गोली लागि उपचारको क्रममा मृत्यु भएका बर्दिबास–१ सञ्जय न्यैपानेको परिवालाई प्रति परिवार दुई लाख ५० हजार राहत र सञ्जयको परिवारको एक दक्ष व्यक्तिलाई नगरपालिकाले रोजगारी दिने निर्णय गरेको बर्दिवासका नगरप्रमुख विदुरकुमार कार्कीले बताए ।

बर्दिबास–१४ की गत आइतबार बेपत्ता भएकी गुलबसा खातुनको शव सोमबार मध्यरातको समयमा उनकै घर नजिकको झाडीमा बोरामा खाँदिएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

यस घटनामा बर्दिबास–१४ मा समेत घर भएका जिल्लाकै गौशाला नगरपालिका–५ का २६ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय