सिरहा।सिरहाको लहानमा एकमाैलाना झारफुक गर्ने बहानामा एक युवतीको बलात्कार भएको घटना सार्वजनिक भएको छ ।

बलात्कार आरोपमा एक मौलाना पक्राउ परेका छन् । मिर्चैया नगरपालिका १० घर भई अहिले लहान १० ग्रामीण चोकमा बस्दै आएका ३५ वर्षीय मौलाना अली हसनलाई प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेका छन् ।

मौलाना हसन कहां झारफुक गराउन आएकी २३ वर्षीया युवतीलाई मंगलबार दिउँसो बलात्कार गरेको आरोप लागेको छ ।बलात्कारपछि रक्तश्राव हुँदा गम्भीर बनेकी युवतीको लहानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, सिराहाले जनाएको छ ।

प्रहरीका अनुसार पीडित युवती र हसनको मंगलबार राति नै लहान अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । युवतीको बयानका आधारमा मंगलबार राति नै हसनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, लहानका डिएसपी शरतकुमार थापा क्षेत्रीले बताए ।

हरेक वर्ष नोभेम्बर २५ तारिकदेखि डिसेम्बर १० तारिखसम्म अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइन्छ। यो वर्ष कोरोनाका कारण भौतिक कार्यक्रम नगरेपनि प्रविधिको माध्यामबाट लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान बुधबारदेखि सुरुवात भएको छ ।

नेपालमा यो वर्ष ‘लैङ्गिक हिंसा अन्यतको प्रतिवद्धता : व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नाराका साथ बुधबारदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ। सन् १९९१ देखि प्रत्येक वर्ष विश्वभरमा मनाईने अभियान नेपालमा पनि सरकारले औपचारिक रुपमै मनाउँदै आएको छ ।

सरकारले औपचारिक रुपमा अभियान संचालन गर्दै आएपनि मानिसमा सचेतना आएको छैन । अभियानकै क्रममा लहान ७ कि एक युवतीलाई झारफुकको बहानामा बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।

डिएसपी क्षेत्रीका अनुसार बुधबार उनीमाथि अनुसन्धानका लागि सरकारी वकिल कार्यालय मार्फत अदालतले ५ दिनको म्याद थप गरेका छन् । मौलानालाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ।

ग्रामीण चोकस्थित मौलानाको घरमा झारफुकका लागि मंगलबार दिउँसो २ बजेतिर आफन्तसहित गएकी किशोरीलाई ढोका थुनेर आधा घन्टापछिनिकालेको आफन्तको आरोप छ । मौलानाको घरबाट निस्किएपछि हतास देखिएकी युवतीले घरमा पुगेर आफूलाई बलात्कार गरेको र रक्तश्राव भइरहेको बताएकी थिइन् ।

पीडितकी आफन्तहरू उनको घर पुगेर केरकार गर्नुका साथै मौलानालाई नियन्त्रणमा लिएर कुटपिट गर्दै प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय