जनकपुरधाम ।बालिका गुलबसा खातुनको हत्यारा अरुण साह र संजय न्यौपानेलाई गोली प्रहार गरि हत्या गरेका दोषी प्रहरीमाथि कारवाहीको माग गर्दै जनकपुरधामका स्थानीय युवाहरुले रामानन्द चोकमा चक्काजाम गर्दै विरोध प्रदर्शन गर्नुका साथै जानकी मन्दिरको प्राङ्गणमा श्रद्धाञ्जली सभाको आयोजनासमेत गरेकाे छ।

महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गुलबसा खातुनको हत्यारालाई कडाभन्दा कडा कारवाहीको माग गर्दै आज (बुधबार) साँझ जनकपुरधामको विभिन्न स्थानमा विरोध प्रदर्शन तथा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ।

रामानन्द चोकमा युवा अभियन्ता सरोज मिश्रको नेतृत्वमा चक्काजाम गरि विरोध प्रदर्शन र जानकी मन्दिरको प्राङ्गणमा नेपाल तरुण दलका उपाध्यक्ष राकेश विक्रम साहको नेतृत्वमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो ।

६ वर्षीया वालिका गुलबसा खातुनको हत्याको विरोधमा हिजो (मंगलबार) बर्दिबासमा पीडित परिवारको न्यायका लागि आन्दोलन गर्ने क्रममा प्रहरीले दमन गरि आन्दोलनकारी माथी चार राउण्ड गोलि प्रहार गर्दा स्थानीय तिन जना व्यक्ति घाईते भएका थिए । घाईते मध्येका स्थानीय युवक संजय न्यौपानेको उपचारको क्रममा बुधबार बिहान काठमाडौंमा मृत्यु भएको छ ।

रामानन्द चोकको प्रदर्शनमा सहभागीहरुले ओली सरकारको फोटो पोल पोलमा, बलात्कारी ओली सरकार घुम्दै टोल टोलमा, हाम्रो देशले जनताको सेवा गर्ने नेता होईन् बलात्कारी र दलाल पाएको छ ,बलात्कारी प्रधानमन्त्री र गृहमन्त्री मुर्दावाद, बलात्कारी सरकारको पालामा बालिकाहरुको भविष्य बलात्कारीको काखामा, जनतालाई गोली हान्ने प्रहरीलाई कारवाही गर, संजय न्यौपानेलाई सहिद घोषणा गरलगायतको नारा लेखिएको प्लेकार्ड समेत बोकेका थिए ।

उता, बर्दिबासमा बालिका गुलबसा खातुनको बलात्कार पछि हत्या गरिएको घटना बिरुद्ध महोत्तरीको भङ्गहा बजारमा समेत विरोध प्रदर्शन तथा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय