रौतहट । रौतहटको गरुडा नगरपालिका वडा नम्बर -७ मा जग्गाको विषयकाे बिवाद लिएर दुई पक्षबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा गरुडा नगरपालिका वडा नम्बर ७ भिमडाबरका ५० वर्षीय फतिंगा ठाकुर रहेको बताए ।

इलाका प्रहरी कार्यालय गरुडाका अनुसार झडपका क्रममा ज्ञानी ठाकुर, ध्यानी ठाकुर र नागेन्द्र ठाकुरको समूहले चिरान काठले टाउकोमा प्रहार गर्दा फतिंगा गम्भीर घाइते भएका साे घाइते फतिंगाको गरुडाकै एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी रवि रावलले बताए ।

प्रहरीका अनुसार चिरान काठ प्रहार गर्ने तीनै जना दाजुभाइले फतिंगा ठाकुरको जमिनलाई आफनो जमिन भएको दाबी गर्दै आएका थिए । जग्गा विवादले बुधबार उग्ररुप लिँदा दुवै पक्षबीच झाडप भएको थियो । उनलाई उपचारका लागि गरुडाकै एक अस्पतालमा पुरयाइएको तर उपचारकै क्रममा उनको मृत्यु भएको डीएसपी रावलले बताए ।

मृतकको शव पोष्टमार्टमका लागि गौर अस्पताल पठाइएको र घटनामा संलग्न रहेका मध्ये ध्यानी ठाकुरलाई पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको डीएसपी रावलले बताएकाे छ।

  • संकेत तस्बिर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय