जनकपुरधाम, मंसिर १० गते । बर्दिबासमा प्रहरीको गोलि लागेर गम्भीर घाइते संजय भनिने बुद्धिराज न्यौपानेको उपचारको क्रममा मृत्यु भएको छ । उनको उपचारको क्रममा काठमाडौं स्थित ग्राण्डी हस्पिटलमा मंलबार राति १ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

गोली लागेर गम्भीर घाइते भएका बर्दिबास- १ का ४३ वर्षीय बुद्धिराज न्यौपाने (सञ्जय)को उपचारको क्रममा गएराति ग्राण्डि अस्पताल काठमाडौंमा मृत्यु भएको स्थानीय विष्णु बम्जनले जानकारी दिए।

‘उहाँको उपचारको क्रममा राति साढे १२ बजे ग्राण्डि अस्पतालमा मृत्यु भयो,’ बम्जनले बुधबार बिहान भने, ‘तिघ्रामा गोली लागेका उहाँको अत्यधिक रक्तस्रावको कारण मृत्यु भएको हो।’

बर्दिबासकी ६ वर्षीया बालिका गुलाब साह खातुनको बलात्कारपछि हत्या विरुद्ध मंगलबार दिउँसो बर्दिबासकाे मुख्य चोकमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरिरहेको बेला प्रहरीले गोलि चलाएको थियो ।

सो क्रममा गोलि लागेर गम्भीर घाइते भएका न्यौपानेलाई मंलबार अपराहन्न थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाएको थियो ।

गोलि लागेर अन्य दुई जना घाइते भएका थिए । श्याम कार्कीको पनि काठमाडौंमा उपचार भइरहेको छ भने गोलिको छर्रा लागेका अफताब आलमको बर्दिबासमै उपचार भइरहेको छ ।

गोलि लागेका संजय न्यौपानेको मृत्यु भएपछि बर्दिबासमा थप तनाब उत्पन्न हुने सम्भावना बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय