• धनबिर महतो

गौशाला । महोत्तरीकाे गौशाला नगरपालिकाको कार्यालयले १० जना अपाङ्गलाई सहायत सामग्रीस्वरुप ह्वीलचेयर र ट्राय साईकल निःशुल्क रुपमा बितरन गरिएको छ । मंगलबार प्राथामिक स्वास्थ्य केन्द्र गौशालामा आयोजित एक समारोहकाबीच ४ जनालाई ह्वीलचेयर र ६ जनालाई ट्राय साईकल बितरन गरिएको हो ।

नगरप्रमुख शिवनाथ महतो, उपप्रमुख आशा लामा, प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रजंग थापाले उनीहरुलाई सो सामग्री वितरण गरिएको हो ।

गौशाला नगरपालिकाको आयोजनामा उनीहरुलाई नेत्रहीन संघ महोत्तरीको समन्वयन तथा राष्ट्रिय अपाङ्ग पुर्नस्थापना केन्द्र काठमाण्डौको सहयोगमा उक्त सहायता सामग्री प्रदान गरिएको हो ।

सहायता सामग्री प्राप्त गरेपछि अन्यको सहारामा जीवनयापन गर्नेहरु हर्षित भएका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय