रबिन्द्र प्रजापति ,४ मंसिर रौतहट । रौतहटको माधवनरायण नगरपालिका वडा न.६ माधोपुरमा नेपाल प्रजापती कुभकार संघ जिल्ला कार्य समिती रौतहटले आज छठ पर्व गर्ने कुम्हार जातीका ६५ जना महिला व्रतालुहरुलाई साडीसेट सहयोग गरेका छन ।
संघका जिल्ला अध्यक्ष महेन्द्र पंडितको अध्यक्षतामा प्रमुख अथिती संघका केन्दिय सदस्य जय प्रकाश पंडित, बिशिष्ट अथिती शिव मंगल पंडित,र अथितीमा श्री माध्यमिक बिधालय बगहीका प्रधानाअध्यापक भुरेन्द्र पडित उर्फ पवन पंडित र कुम्हार समुदायका भद्रभलादमी बुद्धिजिवी लगाएत स्थानिय र बिभिन्न राजनितीक दलका कार्यकर्ताहरुको उपस्थितीमा कपडा बितरण गरिएको छ।

मधोपुरमा आज आयोजित शुभकामना अदान प्रदान कार्यक्रमकाबीच ६५ जना व्रतालुहरुलाई संघले साडीसेट वितरण गरेका छन ।
कुम्हार जात जातिका छठ पर्व गर्ने महिलाहरुलाई कोभिड १९ का कारणले गर्दा आय आर्जन गर्न थप समस्या भएकोले सम्मान र सहयोगको भावनाले संघले व्रतालु महिलाहरुलाई एक एक थान साडीसेट सहयोग गरेको प्रअ पवन पंडितले बताएका छन ।
कोरोना महामारीका कारण प्रभावित बनेका व्रतालुहरुलाई सम्मान र सहयोग गर्ने भावनाले आफुले उनिहरुलाई संघकै लगानीबाट साडीसेट वितरण गरेको संघका जिल्ला अध्यक्ष महेन्द्र पंडितले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय