रबिन्द्र प्रजापति, ४ मंसिर रौतहट । समाज सेवामा सदैव तत्पर रहने रौतहट गरुडाका चर्चित समाजसेवी कन्थमनी प्रसाद जयसवालले छठ व्रतालुहरुलाई यतिखेर धमाधम साडीसेट वितरण गरिरहेका छन । जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य ,दुर्गा मन्दिर ब्यवस्थापन समिति गरुडाको अध्यक्ष ,रौतहट उधोग वाणिज्य सँघ रौतहटको पुर्वअध्यक्ष तथा रौतहट निर्वाचन क्षेत्र नं ४ का सांसदका प्रत्याक्षी समेत रहेका समाजसेवी जयसवालले विगत केहि दिनदेखी आफना क्षेत्रका छठ पर्व गर्ने व्रतालुहरुलाई आफना निजि लगानीमा साडीसेट वितरण गरिरहेका छन ।

समाजसेवी कन्थमनी जयसवालले अहिले गाउँ गाउँ पुगेर दलित, अति गरिव तथा विपन्न परिवारका छठ पर्व गर्ने व्रतालुहरुलाई खोजी खोजी साडी वितरण गरिरहेका छन । नेता तथा समाजसेवी जयसवालले साडी वितरणको आज चौथो दिन गरुडा नगरपालिका–७ भिमडावर र पिपरीया दोस्तियामा १११ व्रतालुहरुलाई साडीसेट र श्रृंगारको सामान सहयोग गरेका हुन । नेता जयसवालले भिमडावरमा ७० र पिपरीया टोलमा ४१ गरी १११ जना छठ पर्व गर्ने व्रतालुहरुलाई साडीसेट वितरण गरेका छन । नेता जयसवालले हिजो पनि गरुडा नगरपालिकाको पोठियाही, अमरपटी, शिवनगर र जयनगरमा एक सय भन्दा बढी व्रतालुहरुलाई साडीसेट सहयोग गरेका थिए । गरुडा घरभएका जसपाका केन्द्रिय सदस्य तथा सांसद पदका उम्मेदवार जयसवालले यसअघि मलाहीटोल, गरुडा, गेडहीगुठी लगाएत गाउँमा गरी अहिलेसम्म ६ सय भन्दा बढी व्रतालुहरुलाई साडीसेट र श्रृंगारका सामग्रि वितरण गरिसकेका छन ।

व्रतालुहरुलाई साडी, ब्लाउज, चुरा लगाएतका सामग्रि सहयोग गर्ने काम गरिरहेको उनले बताए ।अति गरिव तथा विपन्न महिला, एकल महिला र वृद्धवृद्धाहरुलाई छठ पर्वमा केहि राहत पुग्ने उद्देश्यले आफु साडी वितरण कार्य शुरु गरेको समाजसेवी जयसवालले बताए । साडी वितरण गर्ने अभियान अझै जारी नै रहेको र भोली पनि वितरण गरिने समाजसेवी जयसवालले बताए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय