औरही,महोत्तरी। महोत्तरीको औरही नगरपालिका वडा ७ भोइल स्थित विषहरामाई बचत तथा ऋण सहकारी संस्थाले एतिहाँसिक सोनामाई मन्दीर र छठ घाट सरसफाई गरेको छ।

सहकारी संस्थाको अगुवाईमा सहकारी संस्थाका कर्मचारी ,छठ पूजा समिति,बुद्धिजीवी,युवा ,विद्यार्थी ,शिक्षक, शिक्षिका लगायत यस वडाका वडा सचिव सहितले छठको अवसरमा पोखरीको सर सफाई तथ सर सजावट गरेका हुन्।

सफाईमा व्यस्त रहेका सहकारीका अध्यक्ष रामनारायण साहले कोरोनावाट बचाउन तिनै तहको सरकार असफल भएको आरोप लगाए । विजया दशमी, शुभ दिपावली र छठ पर्वहरु सहितका धार्मिक अध्यात्मीक गतिविधी र सोनामाई सहित देवीदेवताकै कृपाले महोत्तरीवासी सुरक्षित रहेकाले यस्ता पर्वहरु सुरक्षित साथ मनाउनु पर्ने उनको भनाई छ ।

सोनामाई पोखरीमा पनि छठ पुजाको लागि भब्य तयारी गरिदै छ । पोखरीको सफाई गर्नुका साथै घाटको निर्माण र सफाईमा समेत स्थानिय सहितको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय