जनकपुरधाम, मंसिर ४ गते । धनुषामा हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ९ बरमझियाका पवन शर्मा, श्रवण शर्मा र प्रमोद महरा रहेका छन् ।

गएको कात्तिक ३० गते गणेशमान चारनाथ नगरपालिका वडा नम्बर २ का सरोज साहको कुटपिटबाट मृत्यु भएका थियो । सोही हत्या आरोपमा इलाका प्रहरी कार्यालय ढल्केवरका प्रमुख प्रहरी निरीक्षक तिर्थ कार्कीले जानकारी दिए ।

उनका अनुसार बरमझियाकै एक पसलमा बसेको बेला सामान्य विवाद हुँदा कुटाकुट भएको थियो । कुटाइबाट साह गम्भीर घाइते भएका र उपचारको क्रममा विराटनगरस्थित एक अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक कार्कीले बताए ।

घटनाकै दिन आरोपितहरुलाई कुटपिटको आरोपमा पक्राउ गरिएको थियो । तर साहको मृत्यु भएपछि आरोपितलाई नियन्त्रणमै राखि अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फाइल तस्विर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय