ओम प्रकाश महतो दिलिप पर्यावरण संरक्षण प्रतिष्ठान उद्घाटन

  • विजयकुमार साह

ढल्केवर (धनुषा) । गत पुष २५ गते पर्यावरण संरक्षण गर्ने क्रममा ज्यान गुमाएका ओमप्रकाश महतो ‘दिलिप’को बिचारलाई मुर्तरुप दिन “ओमप्रकाश महतो दिलिप पर्यावरण संरक्षण प्रतिष्ठान”को उदघाटन गरिएको छ ।

बुधबार धनुषाको ढल्केवरमा एक समारोहबीच प्रतिष्ठानको उद्घाटन गरिएको हो । प्रतिष्ठानका अध्यक्ष सँगमकुमारी महतोको अध्यक्षता तथा मिथिला नगरपालिकाका नगर उपप्रमुख तारा लामा बस्नेतको प्रमुख आथित्यमा प्रतिष्ठानको उद्घाटन गरिएको हो ।

उनले दिलिपको तस्वीरमा पहिराइएको मखमली फुलको मालाको उदाहरण दिदै भनिन्–“जसरी मखमली फुल ओइलिएर जाँदै त्यसैगरी दिलिपको बिचार र उद्देश्य नओइलिने” बिचार राखिन् ।

प्रमुख अथिति तथा मिनपाको उपप्रमुख बस्नेतले पर्यावरण संरक्षणको अभियानमा लागेका दिलिपको माफिया तत्वले हत्या गरेर
लिएपनि उनको बिचारलाई कसैले पनि हत्या गर्न सक्दैन ।

प्रतिष्ठान उद्घाटन समारोहमा मिनपा वडा नं. ५ का वडा अध्यक्ष श्यामबाबु यादव, वडा नं. ६ का वडा अध्यक्ष भक्त बहादुर बलम्पाकी, सञ्चारकर्मी लगायत प्रतिष्ठानका सदस्य विरेन्द्र महतोलगायतका वक्ताहरुले प्रतिष्ठानको स्थापनाले स्र्वगीय ओमप्रकाश महतो दिलिपलाई पर्यावरण सहिद घोषण गराउन र पर्यावरण संरक्षणको क्षेत्रमा कार्य गर्न उर्जा थपिने बताएका थिए ।

मिथिला नगरपालिका वडा नं. ५ श्रीपुरका रामजीवन महतोको २४ बर्षिय छोरा ओम प्रकाश महतो भन्ने दिलिप महतोलाई गएको पुष २५ गते शुक्रबार बिहान औरही खोलामा ग्राभेल उत्खनन माफियाहरुले शारिरभरि रडले घोचेर हत्या पश्चात टिफरले किचेर मारेका थिए । श्रीपुरदेखि पूर्वमा रहेको औरही खोलामा अवैध तरिकाले भइरहेको ग्राभेल उत्खनन रोकथाम गर्न उनी त्यहाँ पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय