महोतरी, मसिंर २ । जनता समाजवादी पार्टी नेपालले महोत्तरी सदरमुकाम जलेश्वरमा मशाल जुलुस प्रर्दशन प्रदर्शन गरेका छन् । मंगलबार साँझ जलेश्वरको खैराचौकबाट निस्केको मशाल जुलुस नगरको विभिन्न भागको परिक्रमा गरेका छन् । मशाल जुलुसमा सहभागि जसपा नेपालको नेता कार्यकर्ताहरुले स्थानिय प्रशासन विरुद्ध चर्का नाराबाजी गरेका छन् ।

गत असोज १० गते विजयादशमीको राति ११ बजे केही अपराधीक प्रवृत्तिका व्यक्तिहरुद्वारा सामुहिक रुपमा मटिहानीका नगरपालिकाको मेयर, जिल्ला समन्वय समितिका सदस्य र एवं वडा अध्यक्षहरु माथि संघातिक आक्रमण भएकोमा उक्त घटनामा संलग्न व्यक्तिहरुलाई कारवाही गर्नुको साटो स्थानीय प्रशासनद्वारा उल्टै मेयर मण्डल लगायत जि.स.स. सदस्य, वडा अध्यक्ष, सदस्यहरु माथि झुठा मुद्दा दायर गरिएको घटनाको विरोधमा मसाल जुलुस प्रदर्शन गरेको जसपा नेपालले जनाएको छ ।

यसका साथै बुधबार दिउँुसो १ वजे विशाल जुलुस समेत प्रदर्शन गरिने उनले बताएका छ । हामी स्थानिय प्रशासनको कदमका कारण बाध्य भएर चरणबद्ध आनदोलन गर्र्नु परेको त्यहि भएर प्रहरी प्रशासनले दमन बन्द गरेर उक्त घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई कार्वाहीको माग समेत गरेको छ ।

उक्त जुलुसमा भ्रष्ट सरकार मुर्दावाद, जनविरोधी सरकार मुर्दाबाद, स्थानिय प्रशासनको दमन बन्द गर, झुठा मुद्दा फिर्ता गर लगायतका नाराका साथ मसाल जुलुस प्रर्दशन कोनसभा गरेर सम्पन्न गरेका छन् । कोण सभामा जलेश्वर नगरपालिकाको मेयर राम शंकर मिश्राले स्थानिय प्रशासनले दमन गर्ने मनसायले मटिहानी घटनामा सत्य तथ्य नै नवुझिकन दवावमा आएर मटिहानीका मेयर मण्डल लगायत उनका समर्थकहरु माथि मुद्दा दर्ता गर्ने कार्य गरेकाले तत्काल सो मुद्दा फिर्ता लिनु पर्ने माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय