• जीतेन्द्र कुमार राम

धनुषा,मंसिर २ गते । गए मध्यराति धनुषामा एक दलित युवति सामुहिक बलात्कारको सिकार भएकी छिन। घटना गणेशमान चारनाथ नगरपालिकाको हो ।

दिपावलिको अवसरमा जिल्लाकै धनुषाधाम नगरपालिकाको वडा नं ४ स्थितको गौरीपुरमा मनोरञ्जनात्मक हिसावले राखिएको आरकेष्ट्राबाट गणेशमान चारनाथ नगरपालिका ११ को अन्दाजी बर्ष १६ को एक युवती मेलाबाट पिसाब फेर्न बाहिर निस्किदा रक्सिले मातिएका दुई युवकले उक्त केटिको मुख थुनेर कार्यक्र स्थलभन्दा १ किमि पुर्व तथा अन्हेरबाट प्राथमिक बिधालय शंकरपुर भन्दा ५० मिटर पश्चिमको दुरि स्थितको मैदानमा लागि बलात्कार गरिएको इलाका प्रहरी कार्यालय सवैलाले जनाएको छ।

पिसाब फेर्न बाहिर निस्किएको उक्त केटिको चिच्याइ थाहा पाएपछी तथा उक्त केटिले समितिलाइ बताएपछी स्थानिय लगायत दर्शक र समिती समेत घटना स्थल पुगि उक्त स्थलबाट स.५ प.७३८१ नम्बरको टिभिएस स्टारसिटी मोटरसाइकल लगायत एक जोडी जुता,एक जोडी कपडा समेत प्रहरीले बरामद गरेको छ।

पिडित युवतिको बयान अनुसार उक्त केटाले आफू यादवको छोरा संतोष यादब रहेको तथा रक्सिको मातमा तछाडमछाड गरि बलात्कार नै गरिएको जनाइएको छ।

बरामद गरिएको मोटरसाइकल लगायत उक्त सामानहरु इलाका प्रहरी चौकी सबैलाको मातहतमा रहेको अस्थायी प्रहरी चौकी बरमझियामा जम्मा गरि खोजबिन शुरु गरेको ईलाकाले जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय