रबिन्द्र प्रजापति २८ कार्तिक रौतहट । कटहरिया नगरपालिकामा केही आन्तरिक विवादका करण रूकेको चौथौं बजेट अधिवेशन २०७७/०७८ पाँचौ नगर सभा आज शुक्रबार सम्पन्न भएको छ ।

कृषकहरूलाई आर्थिक स्तर उकास्न व्यवसायिकखेतीको लागि सिचाई गर्ने निशुल्क पानी उपलब्ध गराउन कृषि मिटरको बिल साथै नगरवासी लाई आर्थिक समान्तामा टेवा पुग्ने उदेश्य राखी घर उज्यालो राख्न उठेको घर मिटरको २० यूनिट सम्मको विधुत महसुल नगरपालिकाले तिर्ने भएको छ।

आ.व. २०७७/०७८ को बजेट श्रोत अनुसार आन्तरिक बजेट श्रोतको रूपमा यस नगरपालिकाको सञ्चित कोषमा नेपाल सरकारबाट प्राप्त अनुदान वित्तीय समानिकरण रू ११ करोड़ ७३ लाख , शशर्त अनुदान रू १८ करोड़ ६३ लाख , विशेष अनुदान रू ६० लाख, समपुरक अनुदान रू ४८ लाख, गरी जम्मा रू ३१ करोंड ४४ लाख, प्रदेश सरकारबाट प्राप्त अनुदान वित्तीय समानिकरण ७३ लाख ६६ हजार सर्शत अनुदान रू ८० लाख, विशेष अनुदान रू ३० लाख, समपुरक अनुदान रू २० लाख, गरी जम्मा रू २ करोंड ३ लाख ६६ हजार रहेको छ। आन्तरिक राजस्व रू ७० लाख ७० हजार, नेपाल सरकारबाट राजस्व बाँडफाड अनुदान रू ७ करोड ९७ लाख २ हजार ४ सय ५७ रुपैया, जनसहभागिता रू ४ लाख गरी जम्मा रू ८ करोंड ७१ लाख ७२ हजार ४ सय ५७ रुपैया समेत गरी कुल जम्मा रकम रू ४२ क़रोंड १९ लाख ३८ हजार ४ सय ५७ रूपैया को सिमा भित्र रही आ.व. २०७७/०७८को निति कार्यक्रम तथा बजेट प्रस्ताव गरिएको छ। जसमा पुजिंगत खर्च तर्फ १९ करोड ३९ लाख ११ हजार र चालू खर्च तर्फ रू २२ करोड ८० लाख २७ हजार ४ सय ५७ रुपैया हुने गरी बजेट विनियोजन प्रस्तवा नगर प्रमुख सियाराम कुशवहा ले प्रस्तुत गर्नु भएको थियो।

यस वर्ष शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, यातायात, खानेपानी तथा सरसफाइर्, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य, पर्यटन तथा संस्कृति, लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको निमित प्रमुख प्रशासकीय अधिकृत साहले जानकारी दिनुभयो ।

नगर प्रमुख शियाराम कुशवहाको अध्यक्षतामा आजको कार्यक्रमको प्रमुख अथिति प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र प्रदेश सांसद कुन्दन कुशवहा रहेको थियो। यस कार्यक्रममा नगरपालिकाकी उपप्रमुख नुरजहाँ खातुन, तथा वडाका जनप्रतिनिधि लगायत विभिन्न नेता र कार्यकर्ताको सहभागितामा पाचौं नगर सभा सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय