आदरणीय मुक्ति कामी जनसमुदाय,

देशमा विध्यमान सबैखाले बेथिति र अराजकता एवं बाहिरी आक्रमण एवं अतिक्रमणबाट देशलाई जोगाउन एवं राष्ट्रिय स्वाधीनता, एकता, स्वतन्त्रता, पहिचान, गौरव, ईतिहास, धर्म, संस्कृति, परम्परालाई संरक्षण एवं प्रवर्द्धन गर्न हामी “राज संस्था र धार्मिक स्वतन्त्रता सहितको धर्म सापेक्ष वैदिक सनातन हिन्दु राष्ट्र पुनःस्थापना, अधिकार सम्पन्न बैज्ञानिक संघीय संरचना र जनतान्त्रिक शासन प्रणाली” को बहालीका लागि “राष्ट्रिय नागरिक आन्दोलन-२०७७” को अन्तिम तैयारीमा रहेको सर्वविदित नै छ ।

उक्त महान उद्देश एवं लक्ष्यमा हामीले व्यापक जनसमर्थन पनि प्राप्त गर्दै आएको र आम देश-भक्त चेतनशील एवं जिम्मेवार नागरिक अगुवा, राजनीतिकर्मी, समाजसेवी, पेशाकर्मी लगायत आम मुक्ति कामी जनसमुदाय गोलबन्द हुँदै “मुक्ति पथ” मा निरन्तर अगाडि बढी रहेको तथ्य यहाँहरु समक्ष छर्पष्ट नै छ, जसले हाम्रो हौसला-बल-आत्मविश्वास लाई झनै उत्साहित गरिरहेको छ ।

यसैक्रममा सर्लाही जिल्ला सविकको गाविस बेल्वा-जब्दी वाड नं २ हालको गोडैता नगरपालिका वाड नं २ गाउँ बेल्वा-जब्दी बस्ने सर्लाही जिल्लाको प्रख्यात समाजसेवी विद्वान पुर्व प्रधानाध्यापक श्री राजनन्दन साह ज्युको सुपुत्र क्रान्तिकारी समाजसेवी जनप्रिय ब्याक्तित्व श्री नवीन कुमार साह ज्यु “जनतान्त्रिक तराई मुक्ति मोर्चा” को निति, विधान, आचारसंहिता, उद्देश्यलाई हृदयेङ्गम गरि “मुक्ति पथमा हातेमालो गर्दै अगाडि बढने बचनवद्धताका साथ जनतान्त्रिक परिवारमा समाहित हुनु भएको छ ” । वहाँको सहकार्य, प्रतिबद्धता, सक्रियताले हाम्रो लक्ष्य प्राप्तिमा ठूलो गुणात्मक एवं सकारात्मक परिणाम आउने आशा र विश्वास गरेका छौं ।

श्री नवीन कुमार साह ज्युलाई “जनतान्त्रिक परिवारमा स्वागत गर्दै वहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु” । साथसाथै आजैका तिथि-मिति देखि लागू हुने गरि “श्री नवीन कुमार साह ज्युलाई” “जनतान्त्रिक तराई मुक्ति मोर्चाको केन्द्रिय सदस्यमा मनोनीत गरिनुको साथसाथ सर्लाही जिल्ला संगठन परिचालन एवं समन्वय समितिको प्रभारी न्युक्त गरिन्छ” ।

जय क्रान्ति !! जय जनता जय जनतन्त्र !!

मुक्ति अभिवादन सहित !!

डा. मनोज मुक्ति “विवेक”
(डा. मनोज कुमार झा)

राष्ट्रिय अध्यक्ष
जनतान्त्रिक तराई मुक्ति मोर्चा
एवं
#राष्ट्रबचाउअभियान

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय