नरेन्द्र महताे / गाैशाला । महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका वडा न.५ स्थित रहेका गाैशाला वजार व्यवस्थित नभएकाे कारण अाम उपभाेक्ताहरुलाई शास्ति बेहाेर्नु परेकाे छ।

गाैशाला वजारकाे मुख्य बजार ६० फिट र जल्पा मन्दिर जाने बाटाे विस फिट चाैडाई भएकाे भए पनि व्यापारीहरु अा अाफ्नाे पसल अगाडि खाट तथा चाैकिमा समान राखेर बिक्रि वितरण गरे पछि बाटाे सांघ्राे भएकाे कारण साईकल यात्रु र माेटरसाईकल लगायत पैदल यात्रिहरुलाई अावत जावत गर्नमा निकै सास्ति बेहाेर्नु परेकाे वजार गर्ने अाउने सर्वसधारणहरुले गुनासाे गरेका छन ।याे बजार जिल्लाकै ठुलाे र पुरानाे वजार मध्येका एक बजार हुन् ।

यहाँ हप्तामा दुई दिन अर्थात साेमवार र मंगलवारकाे दिन वजार लाग्ने गरिन्छ त्यसमा लाखाै लाख मानिसहरु अाउने गरेकाे हुन्छ ।गाैशाला नगरपालिकाले धेरै दिन पहिले व्यापारीहरुलाई पसलकाे नाला भन्दा अगाडि सर समान राखेर विक्रि वितरण नगर्न सुचना तथा मांईकिन गरेका थिए तर व्यपारीहरुले अटेर गरेर पसल भन्दा अगाडि राेड छेउमा सरसमान राखेर बिक्रि वितरण गरेकाे स्थानिय विनाेद कुमार साहले जनाएका छन ।

याे गाैशाला नगरपालिकामा बसेकाे अनुभुति नभएर नरकपालिकाकाेमा बसेकाे अनुभुति भईरहेकाे उनकाे भनाई छ। तर यस समबन्धमा नगरपालिका अाफ्नाे माथि अवजस नलिएर वडा अध्यक्ष माथि थुपारि रहेकाे छ ।

नगर प्रहरी,ईलाका प्रहरी र ट्रफिक लगाएर नाला भन्दा वाहिर राखेकाे समानलाई हटाउन नगरपालिकाकाे दाईत्य भएकाेले भाेलि देखि हटाउन कामकाे शुरुवात हुने वडा न.८ वडा अध्यक्ष तथा प्रव्कता भाेज वहादुर दर्लामिले प्रतिवद्वता जनाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय