महिला हिंसा बढ्दै छ सरकार कानमा तेल हालेर सुतेको

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका वडा नं ३ अध्यक्ष राम एकबाल महतोले यस प्रदेशमा बलात्कार जस्ता घटना दिनप्रतिदिन बढि नै रहेको बताएको छ।

अपराधि जस्ता मानिसहरुलाई बढबा दिइ रहेको वडा अध्यक्ष महतोले दुख प्रकट गरे । महिला हिंसा बलतकार जस्ता घटना वृद्धि भईरेहेको तरपनि केन्द्र सरकारले कानमा तेल हालेर चुप बसेको आरोप लगाए । खासगरी लकडाउनमा बढि महिला हिंसा आत्महत्या भएको उहाको भनाइ थियो ।

यसको छिटो समाधान गर्नुपर्ने उहाले जिकिर गरेको हुन । खासगरी यस प्रदेश दलित महिला माथि नै महिला हिंसा हुँदै आई रहेको तापनि केन्द्र सरकार , प्रदेश सरकार , स्थानीय सरकारले अहिलेसम्म पहल नगरेको उहाले आरोप लगाए । अपराधी जस्ता मानिसलाई बढबा दिने काम सरकारले नै गरि रहेको उहाले आरोप लगाए ।

महिला हिंसा कहिलेसम्म चलने प्रदेश सरकारसंग समेत प्रशन गरे । अहिले महिला हिंसा, बलात्कारलगायतको जघन्य अपराधिक घटनाहरुमा समेत राजनिति हस्तक्षेप हुदै आएको स्विकार गर्दै यो असहय हुने बताउनुभएको छ ।

अहिलेको युवाहरुले लागुऔसधमा बढि लागि परेको उहाको भनाई छ । लागुऔषध गरि रहेको युवाहरुलाई विभिन्न किसिमका जनचेतना मुलक कार्यक्रम गर्दे आई रहेको उहाले जानकारि दिनुभयो ।मिथिला नगरपालिकामा वडा नं ३ मा विकाशको पनि रफतारले नै भईरहेको उहाले बताए । यस वडामा खानेपानि सिचाई स्वास्थ र शिक्षा खेलकुदको योजना ल्याईसकेको उहाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय