जनकपुरधाम । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यसवर्ष कार्तिक २९ गते शनिबार लक्ष्मीपूजा, कार्तिक ३० गते आइतबार गाईगोरु पूजा तथा नेवाः समुदायको म्हपूजा र मंसिर १ गते सोमबार गोवद्र्धन पूजा तथा भाइपूजा तोकेको छ ।

सरकारले अगामी मंसिर २ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

तिहारमा तिथि विवादसँगै मंसिर २ गते भाइपूजा मनाउने केही नेवाः अभियन्ताहरूको मागलाई सम्बोधन गर्दै सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

स्रोतका अनुसार नेवाः अभियन्ताहरूले भाइपूजा मनाउन सार्वजनिक बिदाको माग गर्दै एक मन्त्रीमार्फत् मन्त्रीपरिषमद्मा प्रस्ताव लगेका थिए ।

तर केही नेवाः समुदायले भने कार्तिक २९ गते शनिबार नरक चतुर्दशीकै दिनमा लक्ष्मीपूजा गर्न नहुने र कार्तिक ३० गते सूर्योदयमा औँशी भएकै राति लक्ष्मीपूजा गर्ने परम्पराअनुसार तिहार मनाउँदै छन् ।

यसअनुसार मंसिर १ गते सोमबार नेपाल संवत् नयाँ वर्ष (न्हुदँ)कै पहिलो दिन पारेर म्हपूजा र मंसिर २ गते मङ्गलबार भाइपूजा गर्दै छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय