काठमाडौँ । भारतको बिहार राज्यको विधानसभा निर्वाचनको मतगणना आज हुँदैछ ।

तीन चरणमा भएको निर्वाचनको मतगणनामा सत्तारुढ दल भारतीय जनता पार्टी र जनता दल युनाइटेडले हार्ने एक्जिट पोलहरुको अनुमान छ ।

अहिलेको विपक्षी दल राष्ट्रिय जनता दल नेतृत्वको महागठबन्धनले स्पष्ट बहुमत ल्याउने अनुमान एक्जिट पोलहरुले गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

२४३ सदस्यीय बिहार बिधान सभामा अहिले राष्ट्रिय जनता दलको ८० सिट छ । यस्तै जनता दल युनाइटेडको ७१, बिजेपीको ५३ र काँग्रेसको २७ सिट रहेको छ ।

पछिल्लो तीन कार्यकाल मुख्यमन्त्री बनेका नितिश कुमारले आफ्नो यो निर्वाचन अब अन्तिम निर्वाचन भएको बताएका छन् ।

विभिन्न एक्जिट पोल र अनुमानले लालु यादवका छोरा तेजश्वी यादव नेतृत्वको राष्ट्रिय जनता दल गठबन्धनले बहुमत ल्याउने अनुमान गरिरहेका छन् ।

भ्रष्टाचारको आरोपमा जेलमै रहेका लालु यादव बिना उनका छोरा तेजश्वी यादवले आफ्नो नेतृत्वमा पहिलो पटक चुनाव लडेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय