“नागरिक सरकार गठन” का लागि अघि सर !!

दशै बित्दै तिहार आउँछ त्यसपछि छठ,
भ्रष्टहरुको जालोमा आम जनता छन् त्रस्त !!

छठ लगत्तै होलीको तैयारी छ,
घर-घरमा राष्ट्रिय झण्डा फहराईने छ !!

जन-जन आत्तिसके सडक तात्तिने निश्चित छ,
भष्मासुर प्रवृत्ति अन्त हुने निश्चित छ !!

गाउँ-टोल गुन्जिदै छ, त्राहिमाम त्राहिमाम !
अभिभावक बिहिन हामी, कसले देला माम !!

आशुरी शक्तिले कब्जा जमायो, त्राहिमाम त्राहिमाम !
रक्तबिजले मातृभूमि नै खायो, त्राहिमाम त्राहिमाम !!

घरमा थुनी जनतालाई, देश-बेच्दै हिडेछन !
मातृभूमिलाई टुक्राटुक्रा पारी, केक झैं निलेछन !!

सत्ताको दम्भमा हुड-दंग मच्चाए ,
नाक-कान-आँखा छोपी, भाँट झै भट्टभट्टाए !!

ऐन-कानुन-संविधान लाई उखान-टुक्का बनाए,
नीतिगत भ्रष्टाचार र राज्य-आतंकले जनता तर्साए !!

धर्म-संस्कृति-इतिहास डलर सित साटे,
आत्मा बन्धकी राखी, होली-वाईनमा रमाए !!

उपलब्धि को नाममा भए जतिको सबै बेछे,
जनताको शासन ल्याउने नाममा गन्हाउनेतन्त्र भित्र्याए !!

लोकतन्त्र लाई लूटतन्त्र र जोकतन्त्र बनाए,
संघीयताको नाममा विकेन्द्रीकृत भ्रस्टाचारलाई संस्था बनाए !!

एउटा राजा फालेर साठी हजार राजा जन्माए,
जनताको कर, विदेशीको अनुदान बाँडीचुडी खाए !!

असुर-गणहरु ईन्द्र बन्ने दाउमा भष्मासुर नै भए,
गाउँ-गाउँलाई सिंहदरबार बनाउनेले, भ्रष्टालय बनाए !!

महापुरुष-विभूतिहरुको प्रतिमा तोडफोड गरि स्व-महान कहलाए,
हजारौंको कोंख-सिन्दुर उजाडेर महलमा रमाए !!

बेथिति र अराजकतालाई संस्थागत गराई श्री ८ बने,
भाइभारादार र नातागोतालाई पनि श्री 3 बनाए !!

राज्यद्वारा नै बलात्कृत हाम्रो मातृभूमी, धुरु-धुरु रुँदै छिन् !
आफ्नै सन्तानको कु-कृत्यले आफैलाई सराप्दै छिन् !!

अब त उठ हे वीर सपूत हो, मातृभूमि पुकार्दै छिन् ,
जाग जाग देर भयो, नभए मातृभूमि धिक्कार्ने छिन् ।।

राष्ट्रिय मुक्तिका लागि जाग, राष्ट्रिय एकताका लागि उठ !
राष्ट्रिय स्वाधीनता, पहिचान र स्वतन्त्रताका लागि अघि बढ !!

“राष्ट्रिय नागरिक आन्दोलन २०७७” को जग हाल्न उठ,
“नागरिक सरकार गठन” का लागि अघि सर !!

गाउँ – गाउँ बाट उठ बस्ती -बस्ती बाट उठ,
नेपाल जोगाउन सबै हातेमालो गर्दै घर-घर बाट उठ !!

निकास र बिकासका लागि “नागरिक सरकार गठन” का लागि उठ !
समृद्ध नेपाल स्वाधीन नेपाल आत्मनिर्भर नेपाल निर्माणका लागि अघि सर !!

“राष्ट्रिय नागरिक आन्दोलन २०७७” को जग हाल्न उठ,
“नागरिक सरकार गठन” का लागि अघि सर !!

अन्तर-मन बाट,

डा. मनोज मुक्ति “विवेक”
(डा. मनोज कुमार झा)
राष्ट्रिय अध्यक्ष
जनतान्त्रिक तराई मुक्ति मोर्चा
एवं
राष्ट्र बचाउ अभियान

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय