रबिन्द्र प्रजापति २३ कार्तिक रौतहट। राैतहटकाे राजपुर नगरपालिका वडा नं ९ स्थित बैरिया गाउँमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

नेपाल नेत्रज्योति संघ गौर आँखा अस्पताल र ९ नं. वडा कार्यालय राजपुर नगरपालिका नव जीवन सोसाइटी रौतहटको संयुक्त आयोजनामा शुक्रबार आयोजित उक्त शिविरमा करीब १ सय ३४ जनाले आँखा परिक्षण गराएको नेपाल नेत्रज्योती संघ गौर आखा अस्पताल गौरका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए ।

सो आखा शिविरमा पुरुष ४५ जना र महिला ८९ जना चेेकजाच गरेको छन ।
सो कार्यक्रम शिविरबाट गौर आखा अस्पतालमा आज आइतबार लेन्ससहित मोतिया बिन्दु अप्रेसनको लागि ३० जनालाई अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय