काठमाडौँ । देश बेचुवाहरुलाई तहलगाउन राष्ट्रिय नागरिक आन्दोलन र नागरिक सरकारको गठन अपरिहार्य देखियो ।

इतिहास मै पहिलो पल्ट सचेत नागरिक, विभिन्न अभियानी, धार्मिक संघ-संगठनका प्रतिनिधि, राजनीतिक ब्याक्तित्व,नागरिक अगुवाहरु एउटै मंचामा देखिएका छन् ।

हिजो २०७७/०७/२२ गते शनिवार काठमाडौंको शंख-पार्क (महाराजगन्ज) स्थित ग्लोबल फुड क्याफे एवं ब्यांक्वेटमा आयोजना गरिएको “राष्ट्रिय नागरिक सम्मेलन -२०७७” मा अनौठो एवं आश्चर्यजनक सहभागिता देखियो, विभिन्न बिचारधारा, वाद, धार, मान्यता, सिद्धान्त बोकेका देशको ७७ वटै जिल्लाबाट लगभग २०० संघ-संगठनका शिर्ष नेतृत्वहरुको उपस्थिमा “देशको जल्दाबल्दा समस्या र त्यसको समाधान विषयमा” लगभग ५ घण्टा लामो अन्तरक्रिया एवं छलफल चलेको थियो जसमा ६० जना वक्ताहरुले आफ्नो मन्तव्य राखेका थिए ! उपस्थित सहभागी एवं वक्ताहरूले

“देशमा विद्यमान अराजकता, राज्यविहिन्ता, कु-ब्यवस्था, भ्रष्टाचार, अराजकता, मनोपोलीतन्त्र, लूटखसोट, वैदेशिक हस्तक्षेप, दलीय तान्डव लगायतका अत्यन्तै जल्दोबल्दो गम्भीर समस्यहरुको विषयमा तीखो एवं कडा बिचार राखेका थिए” । उक्त “राष्ट्रिय नागरिक सम्मेलन २०७७” ले देश र जनताको निकासका निम्ति मंसिर १० गते देखि देशैभर प्रचारप्रसार एवं नागरिक जागरुकता अभियानको रुपमा विभिन्न कोणसभाहरु गर्ने, मंसिर २० गते शनिबारका दिन काठमाडौंको माईतीघर मण्डलामा कम्तीमा ५०,००० (पचास हजार) आम जनताको नागरिक सहभागितामा बृहत नागरिक प्रदर्शन गर्नुका साथै औपचारिक रुपमा “राष्ट्रिय नागरिक आन्दोलन २०७७” को सुरुवात गर्ने र नेपालको संविधान २०७३ को खारेजी, ब्यवस्था परिवर्तन र “नागरिक सरकारको गठन” नभएसम्म देशैभर आन्दोलनलाई निरन्तरता दिदै अगाडी बढने लगायतका निर्णयहरु गरेको छ ।

त्यस्तै उक्त नागरिक सम्मेलनले “राष्ट्रिय नागरिक आन्दोलन २०७७ तैयारी समिति” पनि गठन गरेको छ जसमा नेपालका लागि नेपाली अभियानका संयोजक एवं वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने, डा. सुरेन्द्र भण्डारी, जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष एवं राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक डा. मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा),

वरिष्ठ पत्रकार एवं विश्लेषक डा. राजेश अहिराज, महिला अधिकारकर्मी शृजना वाग्ले, राजनीतिकर्मी शेखरजंग रायमाझी लगायत ६० सदस्य तदर्थ समिती निर्माण गरिएको छ भने ७ सदस्य केन्द्रिय सल्लाहकार समिति पनि निर्माण गरिएको छ जसमा प्रसिद्ध बलिउड कलाकार मनिषा कोईरालाका पिता बिपि कोईरालाका सुपुत्र पुर्व मन्त्री प्रकाश कोईराला लगायत विभिन्न ७ जना पुर्व मन्त्रीहरु रहेका छन् ।

भिडियो सहित
https://youtu.be/1BlnZbhYisE

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय