• नरेन्द्र महताे

गौशाला, कातिक २२ गते । चरित्रहत्या गर्ने उद्देश्यले नै चेक प्रकरणमा मेयर र उपमेयरलाई मुछिएको गौशाला नगरपालिकाको कार्यालयले जनाएको छ ।
केही समाजिक संजालले पूर्वाग्राही भई चरित्र हत्या गर्ने उद्देश्यले नै नगरप्रमुख शिवनाथ महतो र उप प्रमुख आशा लामालाई चेकप्रकरणमा मुछिएकोप्रति गौशाला नगरपालिकाको कार्यालयले घोर भत्र्सना गर्दै आपति जनाएको छ ।

अढाई लाख रकम घुस लिई चेकप्रकरण काण्ड मिलाईएको घटना भ्रामक रहेको गौशाला नगरपालिकाको कार्यालयले जनाएको छ ।

नगरप्रवक्ता भोजवहादुर दर्लामीले भन्नुभयो—‘ अख्तियारमा अनुसन्धानको क्रममा रहेको फाईल मेयर र उपमेयरले मिलापत्र गरेको समाचार टुडे पाटीमा प्रकाशन हुनु पत्रकारिता अचारसंहिताविपरीत रहेको छ ।’ मेयर र उपमेयरले घुस लिएको समाचार भ्रामक रहेको छ । यसरी सत्यतथ्य विना समाचारको माध्यमले कसैको चरित्रहत्या गर्ने काम निन्दनीय रहेको छ ।

यसरी कुनै ठोस आधार र प्रमाण विनाको समाचार लेख्नुभन्दा स्थलगत रुपमा अनुसन्धान गरि समाचार प्रकाशन प्रसारण गर्न नगरप्रवक्ता दर्लामीले संचारकर्मीहरुलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय