दोहा । कतार सरकारले बढाएको श्रमिकको न्यूनतम पारिश्रमिक तथा कम्पनी परिवर्तन गर्न पाइने नयाँ नियमबारे सरोकारवालाबीच अन्तरक्रिया भएको छ ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले नेपाली समुदायसंग भर्चुअल माध्यमबाट अन्तरक्रिया गरेको हो ।

कतार सरकारले जारी गरेको श्रमिकको न्यूनतम राष्ट्रिय ज्याला र कम्पनी परिवर्तन गर्न पाउने नयाँ कानूनबारे नेपाली समुदायसँग अन्तरक्रिया गरिएको संघका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए ।

अन्तरक्रियामा कतार सरकारको सम्बन्धित मन्त्रालयका रोजगार खण्डको स्थानान्तरण प्रमुख यूसुफ अली अब्दुलनूर, कतारस्थित नेपाली दूतावासका श्रम परामर्शदाता श्रीकृष्ण प्रसाद खनाल, जागरूकता मार्गदर्शन प्रमुख अली सलाह अल खलाफ र श्रम संगठन श्रम सम्बन्ध विभागका निरीक्षण शाखा प्रमुख मोहम्मद सईद अल मारारीको उपस्थिति रहेको थियो ।

यस्तै एनआरएनए आईसीसी सचिव आरके शर्मा, एनआरएनए मध्यपूर्ब संयोजक प्रविण गुरूङ, एनआरएनए आईसीसी सल्लाहकार टीबी कार्की, एनआरएनए मध्यपूर्ब युवा संयोजक राज रेग्मी लगायतको उपस्थिती रहेको थियो ।

नयाँ श्रम कानुनबारे जिज्ञासा भए एनआरएनए एनसीसी कतारको आधिकारिक इमेलमा पठाउन सकिने र त्यसबारे जानकारी दिइने बताइएको छ ।

कतारको नयाँ नियम अनुसार अब श्रमिकको न्यूनतम पारिश्रमिक १ हजार रियाल हुनेछ । उनीहरूलाई खानाका लागि ३ सय र आवासका लागि ५ सय रियाल दिनुपर्ने व्यवस्था पनि गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय