सिरहा, कार्तिक २१ गते । सिरहा नगरपालिकाले प्रहरीलाई साईकल सहयोग गरेको छ ।
सिरहा नगरपालिकाका प्रमुख अशेश्वर प्रसाद यादवले जिल्ला प्रहरी कार्यालय सिरहालाई गस्ती गर्न ११ थान साईकल सहयोग गरेको हो ।

साईकल सहयोग कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेंल, प्रहरी उपरीक्षक (एसपी) उमाशंकर पंजियार, सिरहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलिराम यादव लगायत सहभागि थिए । ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ अन्तरगत ‘साईकल हस्तान्तरण गरिएको हो । सिरहा नगरपालिकाले शान्ति सुरक्षा कायम राख्न ११ थान साईकल सहयोग गरेको प्रहरी उपरीक्षक पंजियारले बताए ।

प्रहरीलाई साईकल सहयोग गरेपछि प्रजिअ कणेंल, प्रहरी उपरीक्षक पंजियार, मेयर यादव लगायतले साईकल चढेर जिल्ला प्रहरी कार्यालय परिसरमा घुमेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय