काठमाडौँ / कार्तिक २१ । तिहारपछि खुलामञ्चसहित राजधानीका खुला ठाउँमा निशुल्क खाना वितरण नहुने भएको छ ।

लकडाउनपछि धेरै खुल्ला स्थानमा समाजसेवी र अभियान्ताहरुले खाना खुवाउन थालेका थिए ।
अभियान्ता टोली र महानगरबीच खुल्ला स्थानमा खाना खुवाउने कार्य रोक्ने सहमति भएको हो । तिहार पछि निश्चित ठाँउको पहिचान गर्ने वा प्याकेटमा खाना वितरण गरिने सहमति पनि भएको छ ।

महानगरसगँको सहमतिमा हाम्रो सानो प्रयास, हन्ड्रेड्स ग्रुप, गसिप क्वीन, हाम्रो टिम नेपाल, मानवी क्रिएटिभ एसोसियसन लगायतका अभियान–संघसंस्थाका प्रतिनिधि र काठमाडौं महानगरपालिका सहरी स्वास्थ्य महाशाखाका निर्देशक हरिबहादुर कुँवर, बसन्त आचार्यलगायका अधिकारीले हस्ताक्षर गरेका छन् । काठमाण्डौं महानगरपालिकाले यस अघि खुल्ला मञ्चमा खाना खुवाउने कार्य रोकेको भन्दै बिरोध भएको थियो ।

खुल्लामञ्चमा निशुल्क खाना बन्द तिहारपछि

काठमाडौँ कार्तिक २१ । तिहारपछि खुलामञ्चसहित राजधानीका खुला ठाउँमा निशुल्क खाना वितरण नहुने भएको छ ।

लकडाउनपछि धेरै खुल्ला स्थानमा समाजसेवी र अभियान्ताहरुले खाना खुवाउन थालेका थिए ।
अभियान्ता टोली र महानगरबीच खुल्ला स्थानमा खाना खुवाउने कार्य रोक्ने सहमति भएको हो । तिहार पछि निश्चित ठाँउको पहिचान गर्ने वा प्याकेटमा खाना वितरण गरिने सहमति पनि भएको छ ।

महानगरसगँको सहमतिमा हाम्रो सानो प्रयास, हन्ड्रेड्स ग्रुप, गसिप क्वीन, हाम्रो टिम नेपाल, मानवी क्रिएटिभ एसोसियसन लगायतका अभियान–संघसंस्थाका प्रतिनिधि र काठमाडौं महानगरपालिका सहरी स्वास्थ्य महाशाखाका निर्देशक हरिबहादुर कुँवर, बसन्त आचार्यलगायका अधिकारीले हस्ताक्षर गरेका छन् । काठमाण्डौं महानगरपालिकाले यस अघि खुल्ला मञ्चमा खाना खुवाउने कार्य रोकेको भन्दै बिरोध भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय