महोत्तरी । “राज संस्था पुनःस्थापना, धार्मिक स्वतन्त्रता सहितको धर्म सापेक्ष वैदिक सनातन हिन्दु राष्ट्र पुनःस्थापना” को उद्देश्य राखी “राष्ट्रिय नागरिक आन्दोलन-२०७७” को अन्तिम तैयारीमा जुटेको जनतान्त्रिक तराई मुक्ति मोर्चाले आफ्नो संगठन विस्तार र जिम्मेवारी तोक्ने कार्यलाई अत्यन्तै तिब्र पारेको छ । त्यसैक्रममा मोर्चालाई व्यापक जनसमर्थन प्राप्त हुनुको साथसाथै विभिन्न राजनीतिक दलका युवा एवं आन्दोलनकारी शक्तिहरु र यो ब्यवस्था र दलीय भागबन्डा आज्जित भएका तथा विभिन्न वादहरुको बितृष्णा एवं घृणाको सिधा फाईदा जनतान्त्रिकले प्राप्त गरिरहेको देखिन्छ ।

जनतान्त्रिकको गतिविधि र डा. मनोज मुक्तिको रणनीतिक योजना यसैगरी अगाडि बढ्दै गए प्रदेश नं २ मा राम्रो उपस्तिथि रहेको “जनतान्त्रिक तराई मुक्ति मोर्चा” देशको प्रमुख बैकल्पिक शक्तिको रुपमा “जनतान्त्रिक” नै हुने ठोकुवा छ ।

आज जनतान्त्रिक तराई मुक्ति मोर्चाको राष्ट्रिय अध्यक्ष एवं राष्ट्रिय जनतान्त्रिक गठबन्धन तथा राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक डा. मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) ले एक प्रेस वक्तव्य जारी गर्दै यसो भनेका छन् ,

प्रदेश नं २ जिल्ला महोत्तरी साविक धमौरा गाविस वाड नं ९ गाउँ भगवतीपुर हाल बल्वा न.पा. ११ गाउँ भगवतीपुर निवासी महोत्तरी जिल्लाका अति लोकप्रिय जनसेवक श्री भाग्य नारायण मिश्र ज्युका सुपुत्र तत्कालीन “तराई मधेस लोकतान्त्रिक पार्टी” का संस्थापक युवा नेता, तराई मधेश युवा फ्रन्टका संस्थापक महोत्तरी जिल्ला अध्यक्ष (दुई कार्यकाल सम्म), तराई मधेश युवा फ्रन्टका केन्द्रिय सह-महामन्त्री, महोत्तरी – काठमाडौं जन-सम्पर्क मंचका केन्द्रिय अध्यक्ष श्री रोशन मिश्र ज्यु हिजो मिति २०७७/०७/१९ गते बुधबारका दिन “जनतान्त्रिक तराई मुक्ति मोर्चा” को विधान, नीति-आचारसंहिता, उद्देश, लक्ष्यलाई स्वीकार गर्दै विधिवत रुपमा प्रवेश गर्नु भयो र आजैको तिथि-मितिदेखी लागु हुनेगरी “जनतान्त्रिक तराई मुक्ति मोर्चा” को केन्द्रिय सदस्यमा मनोनीत गरिनुको साथसाथै “राष्ट्र बचाउ अभियान” को “धनुषा-महोत्तरी जिल्ला संगठन परिचालन समितिको विशेष प्रभारी/ईन्चार्ज” तोकिएको सबैलाई सहर्ष जानकारी गराउँद छौँ ।
श्री रोशन मिश्र ज्युलाई “जनतान्त्रिक परिवार” मा हार्दिक स्वागत गर्दै वहाँको सफल कार्यकालको कामना गर्दछु ।
“राज संस्था पुनःस्थापना, धार्मिक स्वतन्त्रता सहितको धर्म सापेक्ष वैदिक सनातन हिन्दु राष्ट्र पुनःस्थापना” को महान एवं पवित्र उद्देश/लक्ष्य प्राप्तिका लागि जनतान्त्रिक तराई मुक्ति मोर्चाको नेतृत्वमा जारी “राष्ट्र बचाउ अभियान” र उक्त अभियान कै तहत “राष्ट्रिय नागरिक आन्दोलन-२०७७” को अन्तिम तैयारीमा जुटेका हामी श्री रोशन मिश्र ज्युको सक्रिय योग्दान र भुमिकाले ठुलै गुणात्मक परिणाम दिने हाम्रो आशा र विश्वास रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय