धर्मेन्द्र कुमार यादव

महोत्तरी । प्रदेश नं २ का आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज कुशवाहा द्वारा मनरा बजारमा सामुदायिक भवनको शिलान्यास गरिएको छ।

मनरा शिसवा नगरपालिका-१ स्थित मनरा बजारमा सामुदायिक भवनको शिलान्यास गरिएको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाले उक्त सामुदायिक भवनको शिलान्यास गरेका हुन् ।

शिलान्यास समारोहमा राज्यमन्त्री कुशवाहाले देश बिकास गर्न भनेर सबै तहमा जनताले भोट दिएर नेतृत्व छानीएकोले जनताको आशा र बिश्वासलाई जिवीत राख्न सबै जनप्रतिनिधिहरु इमानदारी पुर्वक लाग्नुपर्नेमा बताए ।

मनरा शिसवा नगरपालिका वडा नं १ का वडा अध्यक्ष शशीभुषण चौधरी र वडा नं २ का वडाअध्यक्ष बिनोद कुमार सिंह लगायत जनसमुदाय, राजनीतिककर्मीको बुद्धिजीवीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

सामुदायिक भवन निर्माण भएपछि आवश्यक्ता अनुसार जन्तीलाई बासोबास, वर्षाको समयमा गरिव जनतालाई अस्थायी बसोबास गर्न तथा सामाजिक संघ-संस्थालाई आफ्ना गतिविधि सञ्चालनमा सहयोग हुने मन्त्री कुशवाहाले बताए । उक्त भवन मन्त्री कुशवाहाले आफ्नो संसदीय विकास कोषबाट निर्माण गर्न लागेकाे जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय