रौतहट । गत भदौ ३ गते रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरैयामा पुजारी श्रीराम साहको गोली हानी हत्या गरेको आरोपमा पक्राऊ परेका दुई जनालाई कारागार चलान गरिएको छ ।

हत्याको आरोपमा पक्राऊ परेका देवाही गोनाही नगरपालिका वडा नम्बर १ करुनीया बस्ने ३६ वर्षीय नरेश भन्ने राम नरेश पटेल र सोही स्थान बस्ने २८ वर्षीय जयनारायण राउत पटेललाई पूर्पक्षका लागि कारागार चलान गरिएको हो ।

उनीहरु दुवै जनालाई रौतहट जिल्ला अदालतको आदेशमा मुद्दा पूर्पक्षको लागि कारागार कार्यालय रौतहटमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।

प्रहरीले दुबै जनालाई भदौ १७ गते पक्राउ गरी सरकारी वकिल कार्यालय रौतहटमार्फत रौतहट जिल्ला अदालतमा पेश गरेको थियो ।

उनीहरूले लेनदेनको विषयमा विवाद भ‌एपछि पुजारी साह बस्दै आएका हनुमान मन्दिर परिसरमा रहेको कुटी अगाडि खाना खादै गरेको अवस्थामा राति गोली हानेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय