• रामएकवाल राम

(दोहा) कतार। विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीको समस्यालाई मध्यनजर गर्दै श्रमिकहरुको न्युनतम ज्याला र कम्पनी परिवर्तन गर्ने सम्बन्धमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले ०६ नोभेम्बर शुक्रबारका दिन अपरान्ह १ बजे Zoom बाट बृहत् छलफल कार्यक्रम गर्न लागेको छ ।

केही समयअघि कतारले श्रमिकहरुकोे न्यूनतम पारिश्रमिक बढाएको घोषणा गरेको थियो। कतार सरकारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले श्रमिकको न्यूनतम राष्ट्रिय ज्याला र कम्पनि परिवर्तन गर्ने सम्बन्धमा नयाँ कानून पारित गरेको थियो । नयाँ निर्णयसँगै श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर १ हजार रियाल पुर्याइएको छ । त्यस्तै खानाका लागि प्रतिमहिना थप ३ सय र आवासका लागि ५ सय रियाल दिनुपर्ने व्यवस्था गरिएको छ। खाना र आवाससहित श्रमिकले न्यूनतम १ हजार ८ सय रियाल पाउने भएका छन् ।

गैर आवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारको अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले समाजिक संजालमा एक स्टाट्स लेख्दै कतारमा स्थापित सम्पूर्ण संघ संस्थाका प्रमुख ज्यूहरू, कतारवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई Zoom बाट अनलाइन बैठकमा सहभागीताकोलागी अपिल गरेका छन।
कतारमा करिव ४ लाखको हाराहारीमा नेपालीहरु कार्यरत छन् । नयाँ नियमको बारेमा जानकारी गराउन आयोजना गरिएको उक्त कार्यक्रम नेपाली श्रमिकका लागि निकै महत्वपूर्ण रहने एनआरएनए कतारले जनाएको छ ।

कार्यक्रममा सहभागिताको लागि तल उल्लेखित मिटिङ्ग आईडी र पासकोड प्रयोग गरि लिन्क लगिन गर्नुहुन समेत अनुरोध गरेका छन।

मिटिङको लागि यहाँ क्लिक गर्नुहोस् ????

Join Zoom Meeting

https://us02web.zoom.us/j/4240595332?pwd=ek1DeEZzdUt2REFuN0F2cTc3L2NNZz09

Meeting ID: 424 059 5332

Passcode: padam123

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय